इन्फो नेपाल — सञ्चारको सञ्जाल

मधेसी नेतृत्वले नेपालीलाई एकअर्कासगँ लड़ाइरह्यो: लामिछाने

जनकपुर: राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछानेले २००७ सालदेखी निरन्तर मधेसलाई टेकेर राज्यको माथिल्ला निकायसम्म नेताहरु पुग्दा पनि जनता राज्यको सुविधाबाट वञ्चित रहेको बताएका छन्। शनिबार जनकपुरमा आयोजित मधेस प्रदेश भेलालाई सम्बोधन गर्दै उनले भने, 'मधेसलाई टेकेर दुई दर्जन बढी नेताहरुले संसददेखी प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसकेका छन्, हिजो सञ्चारकर्मीका रुपमा यहाँका मुद्दाहरुमा रिपोटिङ गर्दै गर्दा मधेशमा जहाँ कमिसन आउँछ, विकास गरेजस्तो गरेर भष्ट्राचार गर्न मिल्छ त्यहाँ राज्य कोषको सम्पत्ति दोहन गरेको प्रमाणहरु भेटिए त्यसैले होला देख्दामा धेरै दुर्गम भन्न नमिल्ने मधेसले विकासको काचुली फेर्नपर्ने थियो तर सकेको छैन्।' यस्तै विद्यार्थी आफैंले आफू बस्ने चकटी बोकेर विद्यालय जानुपर्ने बाध्यतामा दुख व्यक्त गर्दै मधेसको यो अवस्था कसरी भयो भन्ने विषयमा सोच्नुपर्ने बेला भएको र यस विषयमा नागरीकलाई सचेत रहन समेत अपील गरे। 'शिक्षालाई चुस्त बनाउन 'बेटी पढाओ बेटी बँचाओ' भन्ने नारामा भएको भष्ट्राचार घाम जस्तै छर्लङ छ, जनताले सबै बुझेका छन्, यो अवस्थाको परिर्वतनका लागी मधेसले नेतृत्व परिर्वतन गनुपर्ने छ।' देशमा संघीयता आउनुमा मधेसको ठूलो माग थियो, त्यसैले प्रदेश संरचनामा दलले गरेको बेथितिको आरोप मधेसले सहनुपरेको छ, जनताको प्रत्क्षय पहुँचमा हुनुपर्ने निकाय नेताको भरौटे पालेर दुषित पारिएको छ, मधेसलाई आरोप लगाउनु भन्दा यो फोहरलाई सफा गर्दै यसको समाधानसहित रास्वपा आउने प्रतिवद्धता जनाए। यहाँका नेतृत्व वर्गले पहाडी र तराईको नाममा भ्रम छर्दै नेपालीलाई एकअर्कासगँ लडाइँरहेको बताउँदै नेतामात्र मोटाउने प्रवृतीलाई अन्त्य गर्न मधेसको मतको सम्मान रहनेगरी परिर्वतनका लागि तयार हुन समेत मधेसी जनतालाई आग्रह गरे।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क