इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनकामनामा परेवा उडाउन नपाईने !

गोरखा — प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ । मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो । देशका विभिन्न ठाउँबाट भक्तजनले ल्याएका परेवा वातावरण अनुकूलन नहुँदा र अत्यधिक चिसोका कारण मर्न थालेपछि परेवा उडाउन कडाइ गरिएको हो । दैनिक सयौंको संख्यामा परेवा मर्नेर् क्रम बढेको समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘परेवा मर्दा फैलिन सक्ने विभिन्न रोग, दुर्गन्धलगायत अन्य क्षतिलाई मध्यनजर गर्दै परेवा ल्याउन पूर्णरूपमा निषेध गरेका हौं,’ उनले भने । भाकलका लागि भक्तजनले ल्याएका परेवाको रोग मनकामना क्षेत्रमा भएका परेवामा पनि सर्न थालेपछि थप कडाइ गरिएको उनले बताए । ‘दुई वर्षअघि रोक लगाएका थियौं, तर परेवा उडाउन रोकिएन,’ उनले भने, ‘परेवा धेरै सानो ल्याउने, मन्दिरभित्र रोक छ भनेपछि बाटोमै छाडिदिने पनि गरिएको छ ।’ अव्यवस्थित रूपमा छाड्दा व्यवस्थापनमा समस्या आएको स्थानीय बताउँछन् । मनकामनामा आउने भक्तजनको भीडभाडले साना परेवा कुल्चिएर मर्ने समस्या पनि थपिएको उनले बताए । ‘दैनिक सयौं परेवा मर्न थाले, त्यसले व्यवस्थापनमा चुनौती थपियो,’ उनले भने, ‘फेरि बाहिरका परेवाले यहाँ भएकालाई पनि रोग सारिदिने भए, यहाँको हावापानीमा पनि घुलमिल हुन नसक्दा मर्ने समस्या थपियो ।’ जानकारी नभएर तथा लुकिचोरी ल्याउनेलाई पनि सहजताका लागि सार्वजनिक सूचना जारी गरी आह्वान गरिएको गुरुङले जनाए । ‘ल्याइसकेपछि फिर्ता लैजानुस् भन्न सकिएन,’ उनले भने । परेवा उडाउन रोक लगाएपछिका दुई वर्ष पनि दैनिक कम्तीमा १०/१२ जोर परेवा मनकामनामा ल्याउने गरेको गुरुङले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क