इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनहरीमा अंग्रेजीमा पढाउने विद्यालयलाई अनुदान

हेटौँडा | मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने विद्यालयलाई अनुदान दिने भएको छ । गाउँपालिकाको शिक्षा शाखाले हिजो बुधबार एक सूचना जारी गर्दै अंग्रेजी माध्यममा सञ्चालित विद्यालयलाई अनुदान रकम दावी गर्न भनेको छ ।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीका अनुसार मनहरी गाउँपालिकामा ३ वटा विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गरिरहेका छन् । अभिभावकमा अंग्रेजी माध्यमप्रति बढ्दो आकर्षणलाई पूरा गर्ने गरी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न प्रोत्साहित गर्न अनुदान कार्यक्रम राखिएको पराजुलीको भनाइ छ । चालु आर्थिक वर्षमा पालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ आम्दानी गरेका छन् । गाउँपालिकाका अनुस…

इन्फो नेपाल संवाददाता