इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनहरीमा स्कार्पियो दुर्घटना, एकै परिवारका ४ जना घाइते

हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा स्कार्पियो दुर्घटना हुँदा एकै परिवारका चार जना घाइते भएका छन्। पुर्व–पश्चिम राजमार्गमा बाराको निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको स्कार्पियो आफैँ अनियन्त्रित भई सडक किनारको विद्युत पोलमा ठोक्किएपछि करिब ५० मिटर तल खसेको हो।

घटनामा बारा निजगढ नगरपालिका–७ निवासी चालक ४५ वर्षीय धनबहादुर स्याङतान, उनकी श्रीमती ३८ वर्षीय हरिमायाँ लामा, छोरा १३ वर्षीय यरोश तामाङ, र सोही स्थानका ३३ वर्षीय सबु लामा घाइते भएका छन्।

मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार घाइतेहरूको प्रारम्भिक उपचार मनहरी अस्पतालमा गरिएको छ भने थप उपचारका लागि भरतपुर पठाइएको छ।

दुर्घटनाको कारण भने स्कार्पियोको गति अनियन्त्रित हुनु भएको प्रहरीको प्रारम्भिक अनुमान छ। स्थानीयबासी र प्रहरीले उद्धारमा सहकार्य गरेका थिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क