इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनहरी गाउँपालिकाका पाँच नयाँ पक्की पुल

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण गरिरहेको छ । यी पुलहरुको निर्माण रणनीतिक योजनाअन्तर्गत विभिन्न वडाहरुलाई जोड्न गरिएको हो ।

चालु आर्थिक वर्षमा पालिकाले ३ वटा पक्की पुल निर्माण सम्पन्न गरिसकेको छ भने अन्य २ वटा निर्माणको अन्तिम चरणमा छन् । शनिबार बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँले तीनवटै नयाँ पुलको उद्घाटन गर्नुभयो ।

साविकको हाँडीखोला गाविसका स्थानीयहरुले पक्की पुलको अभावमा वर्षायाममा हेटौँडासँग सम्पर्कविहीन हुनुपर्ने समस्या भोग्दै आएका थिए । नयाँ पुलहरु निर्माण भएसँगै यो समस्याको अन्त्य भएको छ ।

पुलहरुको विवरण र लागत

  • मनहरी-३ र ४ नम्बर वडा जोड्ने ६४.१५ मिटर लामो पुल (लागत ६ करोड ४९ लाख ६० हजार रुपैयाँ)
  • वडा ४ र ३ को गोलघर र मिलडाँडा जोड्ने ७४.५५ मिटर लम्बाइको डबल स्पान पुल (लागत ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँ)
  • वडा १ र २ को पार्ता र च्यापल जोड्ने ९७ मिटर लामो ट्रिपल स्पान पुल (लागत ६ करोड २८ लाख ९८ हजार रुपैयाँ)

गाउँपालिकाले दुईवटा अन्य पुल निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । ठाडोखोला पुल ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत काम सम्पन्न भइसकेको छ । यी पुलहरुको निर्माण आगामी मंसिरसम्म पूरा गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभएको छ ।

मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ लागतमा यी ५ वटा पक्की पुल निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ आम्दानी गरेका छन् । गाउँपालिकाका अनुस…

इन्फो नेपाल संवाददाता