इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनहरी गाउँपालिकाको शिक्षा, स्वास्थ्य र कृषिमा केन्द्रित नीति तथा कार्यक्रम

हेटौँडा | मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको १५ औं गाउँसभामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले "शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार" भन्ने मूल नारा सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

कृषि क्षेत्रमा गाउँपालिकाले कृषि उत्पादनको बजार सुनिश्चितता र बालीको समर्थन मूल्य तोक्ने नीति लिएको छ। उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम र बाँझो जग्गा उपयोगमा ल्याउने प्रोत्साहनका साथै माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने र निशुल्क माटो परीक्षणको व्यवस्था गरिने छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा चुन र सुक्ष्म तत्व वितरण गर्नेछ। पकेट क्षेत्र, सामूहिक र करार खेतीलाई समेत प्रोत्साहन गरिनेछ।

कृषि र पशुबीमाका लागि कर्मचारी व्यवस्था गरिनेछ भने विपन्न कृषकका लागि निशुल्क बीमा कार्यक्रम लागू गरिनेछ। गाउँपालिकाले एक वडा एक कृषि उत्पादन कार्यक्रम र प्राङ्गारिक खेती प्रवर्द्धनको क्षेत्र स्थापना गर्नेछ।

सामाजिक क्षेत्रमा गरिब तथा विपन्न परिवारलाई अन्त्येष्टि (दाहसंस्कार) का लागि आर्थिक सहयोग गरिनेछ। पालिका क्षेत्रभित्रको सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलियत दिइने नीति रहेको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिकता दिने र सामाजिक तथा भौतिक पूर्वाधार विकासमा जोड दिने नीति लिएको छ।

सम्बन्धित समाचार

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ आम्दानी गरेका छन् । गाउँपालिकाका अनुस…

इन्फो नेपाल संवाददाता