इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुँदै

हेटौँडा । मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरूको सूक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ। यो कार्यक्रम इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा, पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर मार्फत सञ्चालन हुनेछ।

कार्यक्रम अन्तर्गत गाउँपालिकामा ५२ प्रकारका महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गर्ने व्यवस्था हुनेछ। शुक्रबार कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई कार्यक्रम सञ्चालन सम्बन्धी जानकारी पत्र हस्तान्तरण गरेका छन्। उनले कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तथ्यांक उपलब्ध गराउन र अन्य सहयोग गर्न गाउँपालिकासँग अनुरोध समेत गरेका छन्।

रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा यो प्रणाली लागु हुनेछ भने बागमती प्रदेशका आठ स्थानीय तह यसमा समेटिएका छन्।

प्रत्येक वडामा २५ जनाको इपिडेमिक इन्टेलिजेन्स भोलन्टियर टिम गठन गरिनेछ। महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक र जनप्रतिनिधिसहितको टिमलाई तालिम दिई रोग निरीक्षणमा संलग्न गराइनेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क