इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्रालय फुटाउँदा राज्यकोषमा १० करोड बढी व्यभार

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पु¥याउन मन्त्रालय फुटाउने भएको छ । यसरी मन्त्रालय फुटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले दलीय भागबन्डा पु¥याउनकै लागि दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृहकार्य थालेका हुन् । हाल २१ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ । मन्त्रालयमा रहने मन्त्रीको तलब सेवा, सुविधा, सचिवालय, सल्लाहकार तथा अन्य कर्मचारीका लागि सो रकम खर्च हुने बताइएको छ । सत्तारूढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउन मन्त्रालय फुटाउने विषयमा छलफल अघि बढाएको हो । प्रधानमन्त्रीले यस सम्बन्धमा आवश्यक गृहकार्य गर्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिएको बताइएको छ । स्रोतका अनुसार हाल रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएर लोसपालाई सरकारमा ल्याउन लागिएको हो । यसरी फुटाएर बनाइने नयाँ मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग समेत संवाद गरिरहेका छन् । हाल सरकारमा प्रधानमन्त्री र २१ जना फुल मन्त्री छन् भने तीन जना राज्यमन्त्री छन् । यी सबैगरी मन्त्रिपरिषद् २४ सदस्यीय छ । नेपालको संविधानको धारा ७६ (९)मा बढीमा २५ जना मन्त्री बनाउन पाइने बाध्यकारी व्यवस्था छ । राजनीतिक दलले दलीय स्वार्थका कारण मन्त्रालय फुटाउँदा प्रशासन कमजोर हुने र विभिन्नखाले विकृतिसमेत बढ्ने प्रशासकको गुनासो छ । यसअघि विभिन्न प्रदेशमा पनि सत्तारूढ गठबन्धनले दलीय भागबन्डा पु¥याउनकै लागि ठूलो संख्यामा मन्त्रालय फुटाउँदा राज्यकोषमा २०आंै करोड व्ययभार थपिँदै आएको बताइन्छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क