इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै तीन ट्रकलाई कारबाही

कपिलवस्तु | लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा तीनवटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ।

हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु नगरपालिकाको सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको मन्त्री कार्कीको लु१झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै ट्रक चालकहरूलाई प्रहरीले जरिवाना गराएको हो।

५०० रुपैयाँ जरिवाना, ट्रक चालक आक्रोशित

प्रहरीका अनुसार कारबाहीमा पर्ने ट्रकहरू प्र.१०२००१ ख ८४७३, ३३५१, र ९२०७ नम्बरका रहेका छन्। मन्त्रीका निजी सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकलाई रोकेर ट्राफिक प्रहरीमार्फत कारबाही गराएको बताइएको छ।

तर ट्रक चालकहरू भने यो घटनालाई ‘सत्ताको दम्भ’ भन्दै असन्तुष्ट देखिएका छन्। ट्रक चालक दिलबहादुर कटुवालले भने "हामी सामान्य गतिमा थियौँ, मन्त्रीको गाडीले ओभरटेक गरेर बाटो रोकेको थियो। त्यसपछि ट्राफिक बोलाएर जबरजस्ती जरिवाना गरियो। मन्त्री चिन्नु, नचिन्नु साइड मिररले निर्णय गर्ने कुरा त हैन नि!"

मैदा बोकेर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ती ट्रक चालकहरूले आफूहरूलाई अनावश्यक दुःख दिइएको गुनासो गरेका छन्।

प्रत्यक्षदर्शीको दाबी— मन्त्रीकै गाडी तीव्र गतिमा थियो

मन्त्री कार्की भैरहवामा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुन बिहान ९ बजे भालुवाङबाट हिँडेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार मन्त्रीकै गाडी तीव्र गतिमा थियो।

तर मन्त्रीका पीएसओ हवल्दार खत्रीले भने ट्रक चालकहरूले मन्त्रीको गाडीको भिडियो खिच्दै बाटो अवरुद्ध गरेपछि कारबाही गरिएको दाबी गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क