इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्री आलेको जागिर खाइदिने बतास समूहको धम्की

मन्त्री प्रेम आलेले भएभरको बल लगाएपछि बतास समूह यतिबेला रुष्ट बनेको छ ।आफूलाई आनन्द बतासको खास मान्छे बताउने पुडासैनी थरका एक व्यक्तिले मन्त्री आलेको पद खाइदिने धम्की दिएका छन् । आफ्ना बारेमा देशभरिबाट नै समाचारहरू आउन थालेपछि हच्किएको बतास समूहले केही सञ्चारमाध्यमका प्रतिनिधि बोलाएर यस्तो धम्की दिएको हो ।‘तपाईंहरूले हाम्रो पक्षमा समाचार लेखिदिनुपर्यो,’ ती व्यक्तिले भने, ‘हामीले सक्नेसम्म ज्याक लगाएका छौं । मन्त्री आलेले आफ्नै अध्यक्ष माधवकुमार नेपालले भनेको पनि मानेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको पनि मानेनन् । अब उनको जागिर जान्छ ।’ उनले आफ्नो पक्षमा लेखिदिन पत्रकारहरूलाई प्रलोभनसमेत दिएका छन् । नारायणहिटी, पशुपति, सेती नदीमा कब्जा जमाएको बतास समूहले अफ्नाबारे चौतर्फी आक्रमण हुन थालेपछि अनेक उपाए लगाउन थालेको छ ।कतिपयले मन्त्री आलेले प्रधानमन्त्री पत्नी आरजु राणासँग टसल परेपछि यस्तो निर्णय लिएको हुनसक्ने अनुमानसमेत गरेका बेला बिहीवार राणाले भने बतास समूहमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी थिइन् । तर बतास समूहको वेबसाइटमा भने केही दिनअघिसम्म राणालाई सल्लाहकारको पोर्टफोलियोमा राखिएको थियो । अहिले साइटबाट राणाको नाम हटेको छ ।समाजवादी पार्टीका अध्यक्षसमेत रहेका माधवकुमार नेपालनिकट स्रोतले भने नारायणहिटी दरबारमा निर्माणाधीन संरचना नरोक्न कुनै दबाब नदिइएको बताएको छ । पर्यटनमन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको अनुमतिका विषयमा छानबिन समिति गठन गरेका थिए ।उनले बिहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य रहेको स्रोतले बताएको छ । आलेले उक्त समितिलाई तीन दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएका छन् । आलेको यो निर्देशनले बतास समूह र तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई अप्ठेरोमा परेका छन् ।नारायणहिटी दरबारभित्र क्याफेसम्म संचालन हुन सक्ने भन्दै तत्कालीन पर्यटनमन्त्री भट्टराईले संसदीय समितिमा अभिव्यक्ति दिएका थिए । भट्टराईले अस्वीकार गरेपनि नारायणहिटीभित्र क्याफे लगायतका अन्य व्यवसाय संचालन हुनुमा भट्टराईको समेत हात रहेको खुलासा भइसकेको छ । नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट चल्न थालेको समाचार ब्रेक भएपछि देशैभरबाट बतासको कब्जामा रहेका सरकारी सम्पत्तिका बारेमा भटाभट समाचारहरू आउन थालेका छन् ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा पोखराको सेती नदी ४० वर्षसम्म बतासलाई उत्खनन गर्न लीजमा दिइएको खुलेको छ भने पशुपतिनाथ परिसर भित्र रहेको धर्मशालालाई होटेल बनाएर चलाइएको पनि खुलासा भएको छ । पोखराको संग्राहलय, पाटन दरबार स्क्वायरलगायत धेरै सरकारी र ऐतिहासिक महत्वका स्थानहरूमा बतासले आफ्नो कब्जा जमाएको बताइएको छ ।जुन राजनीतिक दल सत्तामा हुन्छ त्यसैसँग निकट रहेर देशभरिका ऐतिहासिक स्थानहरू कब्जामा लिएर व्यवसाय गर्ने गरेको बतास समूह यतिबेला आफ्नो कर्तुत छोप्न प्रधानमन्त्रीलगायत अन्य नेताहरूको दैलो धाउन थालेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क