इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्री छान्न हम्मेहम्मे को-को हुने भए त मन्त्री ?


काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरूले मन्त्रालयको भागबण्डा मिलाए पनि मन्त्री छान्न भने सकस भएको छ ।सबै दलहरू आन्तरिक छलफलमा लागे पनि मन्त्री बन्नेको लिस्ट गोप्य राखेका छन् ।

गत असार २९ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले गठबन्धनमा सहभागी दलका आ–आफ्ना आन्तरिक समस्याका कारण सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् ।देउवाले आफू प्रधानमन्त्री बनेको झण्डै ३ महिना पुग्न लाग्दा सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनमा सहभागी दलहरूलाई मन्त्रीको नाम तत्काल उपलब्ध गराइदिन दबाब दिएका छन् ।

सरकारले पूर्णता पाउन नसक्दा त्यसको अपजस भने देउवाले बोक्दै आएका छन् ।मन्त्री बन्ने लाइनमा धेरै सांसद भएपछि त्यसलाई टुंग्याउन दलहरूलाई संकट आइलागेको छ । आज नाम टुंगिए भोलि घटस्थापनाका दिन मन्त्रिपरिषद् विस्तार हुनेछ । देउवा निकट एक नेताका अनुसार भोलि बिहीबार साइत राम्रो पनि रहेकाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय जनमोर्चाले आफू प्रतिपक्षमा बस्ने बताएकाले उसलाई मन्त्रीको भाग लगाइने छैन । मंगलबार कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति जुटेको थियो ।कांग्रेसले पाउने मन्त्रालय कांग्रेसको भागमा प्रधानमन्त्रीसहित गृह, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, परराष्ट्र, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

कांग्रेसबाट यसअघि गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा डा. नारायण खड्का, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भइसकेका छन् । भागण्डामा कानुन मन्त्रालय कांग्रेसको भागमा नपरेपछि कार्कीलाई अर्काे मन्त्रालयमा लैजाने कांग्रेसको तयारी छ ।कांग्रेसबाट मन्त्री बन्ने लिस्टमा डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, उमाकान्त चौधरी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, अतहर कमाल, डा. डिला संग्रौला, भीमसेनदास प्रधानलगायत छन् ।

माओवादीले पाउने मन्त्रालय
माओवादीको भागमा ६ मन्त्री र १ राज्यमन्त्री परेको छ । माओवादीलाई अर्थ, ऊर्जा, खानेपानी, शिक्षा विज्ञान तथा प्रविधि, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति गठबन्धनको छ ।

एक राज्यमन्त्री पनि माओवादीले पाउनेछ । माओवादीको भागमा परेको मन्त्रालयमध्ये अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल नियुक्त भइसकेका छन् । अब माओवादीले हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुदन किराँती, अञ्जना विशंखे, शिवकुमार मण्डल, महेश्वर गहतराजमध्येबाट मन्त्री छनोट गर्नसक्ने बताइएको छ ।

नेकपा एकीकृत समाजवादीले पाउने मन्त्रालय
एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको छ । उसको भागमा कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास मन्त्रालय परेका छन् । देउवा नेतृत्वको सरकार गठनमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहेको छ ।एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, मेटमणि चौधरी, किसान श्रेष्ठ विरोध खतिवडा, भवानी खापुङ, जीवनराम श्रेष्ठ र प्रेम आले मन्त्री बन्ने सम्भावना छ ।

जसपाले पाउने मन्त्रालय
जनता समाजवादी पार्टी जसपा ले ४ मन्त्री र १ राज्यमन्त्री पाउने निश्चित भएको छ । जसपाले पाउने मन्त्रालयहरूमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय रहेका छन् । जसपाबाट मन्त्री हुनेमा महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, रेणु यादव, मृगेन्द्र यादवलगायत रहेका छन् ।

सबै राजनीतिक दलमा मन्त्री बन्ने आकांक्षी सांसद धेरै भएपछि उनीहरूको व्यवस्थापन गर्न दलहरूलाई हम्मेहम्मे परेको छ । मन्त्री बन्ने चाहना राख्नेहरू नेताका घर–घरमा पुग्ने गरेका छन् । कांग्रेसमा पनि धेरै गुट र उपगुट रहेकाले उनीहरूको चित्त बुझाउनुपर्ने बाध्यता प्रधानमन्त्री देउवालाई छ ।त्यसैगरी अरु दलको अवस्था पनि त्यस्तै छ । बुधबार सबै दलले मन्त्रीको नाम टुंग्याएमा बिहीबार सरकारले पूर्णता पाउने प्रधानमन्त्री देउवा निकट एक नेताले जानकारी दिए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क