इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्री बनेसँगै विवादित बनेका डिपी अर्यालले बोले अर्को विवादित झुठ

काठमाडौं । मंगलबार श्रम तथा रोजगार मन्त्रीमा रास्वपाका डोलप्रसाद (डिपी) अर्यालको नियुक्ती चौतर्फि चर्चाको विषय बन्यो । नेपाली जनताबाट पैसा लिएर विदेश पठाउने म्यानपावर चलाएका व्यक्ति नै श्रममन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा मन्त्री अर्यालयको व्यापक आलोचना समेत भयो । मन्त्री बनेसँगै थप विवादित बनेका डोलप्रसाद (डिपी)अर्यालले अर्को विवादित झुठ बोलेका छन् । उनले चर्को आलोचनाबाट आफुलाई बचाउ गर्दै विभिन्न व्यवसायमा रहेको भए पनि म्यानपावर कम्पनीमा भने नरहेको दाबी गरेका छन् । श्रममन्त्रीमा नियुक्त भएका अर्याल श्रृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिको अन्तराष्ट्रिय बजार निर्देशक समेत रहेको समाचार विभिन्न सञ्चारमाध्यले समेत सार्वजनिक गरे । तर, चर्को आलोचना हुन थालेपछि मन्त्री अर्यालले आफु म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गरेका हुन् । चर्को आलोचनापछि स्पष्टिकरण दिँदै श्रममन्त्री अर्यालले आफु विभिन्न व्यवसायमा भए पनि म्यानपावरमा नभएको बताएका हुन् । ‘हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर ‘इन्टरनेशनल मार्केटिङ डाइरेक्टर’को पद लेखिदिए तर हटाइदिन भुले ।’– उनले स्पष्टिकरणमा लेखेका छन् । वैदेशिक रोजगारीको आवरणमा अकुत सम्पत्ति कमाएको आरोपमा अर्यालमाथि सम्पत्ति सुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन सुरु गरेको थियो । हाल पनि मन्त्री बनेका अर्याल छानबिनकै क्रममा रहेको स्रोतको दाबी छ । अर्याल सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालीका लगानीकर्तामात्र होइनन्, बरु ओभरसिजको आधिकारिक वेबसाइटमा अन्तराष्ट्रि बजार निर्देशक पदमा रहेको उल्लेख गरिएको थियो । तर, हाल सो वेबसाइट नखुल्ने बनाइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क