इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्री यादव भन्छन डोजर आ'तंक बन्द हुनुपर्छ

काठमाडौं – वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आ'तंक बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जंगल विनास गर्दा बाढीपहिरोको जोखिम बढ्दै गएकाले जंगल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए । उनले भने, “सडक चाहियो भन्दैमा डोजर लाएर जंगल मासेर डाँडा भत्काउने काम अब रोक्नुपर्छ । जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदै छ, त्यसको ख्याल गरेर मात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।” उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँगसँगै विनास निम्त्याएको उल्लेख गरे । “म विकासको विरोधी होइन । तर, विकास गर्ने नाममा विनास ननिम्तियोस्,” उनले भने, “हामीले गरेका विकासले दीर्घकालीन रूपमा सेवा देओस् । तर, हाम्रा विकासले विनासको जोखिम नल्याओस् ।” जलवायु परिवर्तनका कारण विश्वभरिमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायु परिवर्तनका क्षेत्रमा सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो । विशेषगरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नुपर्नेमा मन्त्री यादवको जोड थियो । सडकलगायत विकास गर्दा विज्ञसँगको राय–सुझाव तथा सल्लाहअनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क