इन्फो नेपाल — सञ्चारको सञ्जाल

मरिहत्ते गरेर पछि लागेपछि बिहे गरेँ - शंकर

काठमाडौं । श्रीमती बबिता बानियाँ (जेरी) विरुद्ध डिभोर्स केस फाइल गरेका दोहोरी कलाकार शंकर क्षेत्रीले आफूहरुको प्रेम र दाम्पत्य जीवनबारे मिडियामा मुख खोलेका छन् । जेरीको अपारदर्शी व्यवहार र घमण्डका कारण सम्बन्ध टुटाउने निर्णयमा आफू पुगेको उनको भनाइ छ । युट्युब च्यानल ‘के छ नेपाल’ का लागि गायिका अनिता चलाउनेलाई लामो अन्तर्वार्ता दिँदै शंकरले जेरीसँगको सम्बन्धबारे वृतान्त सुनाएका हुन् । जेरीले मरिहत्ते गरेर पछि लागेपछि आफूले उनलाई प्रेम गरेको शंकरले बताएका छन् । दाम्पत्य सम्बन्धमा दरार आउनुमा जेरीलाई नै उनले जिम्मेवार ठहर्‍याएका छन् । ‘एकतर्फी रूपमा मलाई माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर सँगै काम गर्दै जाँदा मलाई पनि माया लाग्न थाल्यो’, शंकर भन्छन् । शंकरका अनुसार जेरी केही समयदेखि लगातार माइतमा बस्दै आएकी थिइन् । यसले पनि सम्बन्धमा चिसोपना ल्याएको उनको भनाइ छ । आफूले सम्बन्ध अन्त्य गर्न चाहनुको वास्तविक कारण भने डिभोर्स फाइनल भएपछि मात्रै बाहिर ल्याउने उनले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क