इन्फो नेपाल — सञ्चारको सञ्जाल

मलामी बोक्ने बसलाई विराटनगर महानगरबाट निःशुल्क इन्धन

विराटनगर । विराटनगर महानगरपालिकाले मलामी बोक्ने निःशुल्क बसलाई आवश्यक पर्ने इन्धन निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ। महानगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा संचालन गरिरहेको बसका लागि महानगरपालिकाले आवश्यक पर्ने इन्धन मासिक रूपमा निःशुल्क उपलब्ध गराउने भएको हो। विराट सेवा आश्रमसँगको सहकार्यमा गरिएको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मलामी बोक्ने बसलाई आवश्यक पर्ने इन्धन महानगरले मासिक रूपमा उपलब्ध गराउने घोषणा गरेका छन्। उनले भनेका छन्, "यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ। बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ।" महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिरहेको छ। ज्येष्ठ नागरिकलाई कम्बल, छाता, हर्लिक्स, फलफूलसमेत प्रदान गरेर सम्मान गरिएको थियो। सो अवसरमा युवा करिम अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिक यात्रामा लैजानका लागि समेत निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएको बताइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क