इन्फो नेपाल — सञ्चारको सञ्जाल

महानगरका बैठक पारदर्शी गरेका बालेनलाई मिडियासँग डर किन ? के भएको थियो हिजो ?

काठमाडौं । फोहरमैला प्रशोधनबारे रिर्पोटिङ गर्ने क्रममा हिमालय टेलिभिजनका सहकर्मीमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् । फोहरमैला प्रशोधन प्लान्टबारे रिपोर्टिङका लागि गइरहेका बेला अचानक भेटिएका मेयर साहले दुर्व्यवहार गरेका हुन् । मेयर साहसहित उहाँका सहयोगीले क्यामेरा पर्शनलाई घेरेर फुटेज डिलिट गर्न लगाएर हिमालय टेलिभिजनलाई ठेगान लगाउने धम्कीसमेत दिईएको हिमालयन टिभी ले जनाएको छ । फरक विषयको रिपोर्टिङमा गएका बेला मेयर साहले सहकर्मी प्रिन्स मिश्र र क्यामरा पर्सन अविष्ट लामामाथि दुर्व्यवहार गरेका हुन् । हिमालय टेलिभिजनप्रति लक्षित नै गरेर मेयर साहले हिमालय टेलिभिजनको लोगो देख्नेबित्तिकै बाहिर निकाल्नका लागि उनि संगै रहेका नगरप्रहरीलाई आदेश दिदै । खिचेका फुटेज समेत जबरजस्ती डिलिट गर्न लगाइयाको जनाएको छ । मेयरसँगै वातवरण तथा कृषि विभाग गएका उहाँका सहयोगीले क्यामरा पर्सन अविष्ट लामालाई घेरेर, टेलिभिजनकै गाडीभित्र राखेर जबरजस्ती भिडियो डिलिट गरिदिएका थिए । साथै मेयर साहका सहयोगीहरुले हिमालय टेलिभिजनमै पुगेर क्यामरा खोस्ने अधिकार आफूसँग रहेको भन्दै धम्की दिएका थिए । खास भएको के थियो त ? के भन्छ हिमालय टिभी ? काठमाडौंको टेकुस्थित युरोपियन युनियनले बनाइदिएको फोहर प्रशोधन प्लान्टको अवस्थाबारे बुझ्नु नै हाम्रो मुख्य उद्देश्य थियो । सोही उद्देश्यसहित हामी सर्वप्रथम विभागको मुख्य कार्यालय पुग्यौं र विभागीय प्रमुख सरिता राईसँग छोटो अन्तरवार्ता पनि लियौं । त्यसपछि हामी विभागीय प्रमुखकै अनुमतिसहित टेकुस्थित फोहर प्रशोधन उपकरण राखिएको स्थानमा पुग्यौं । त्यहाँ हाम्रो भेट नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टसँग भयो । उहाँसँग हामीले प्रशोधन प्लान्टको अवस्था र यसले गर्ने कार्यमा आधारित रहेर अन्तरवार्ता गरेका थियौं । त्यसपछि हामी प्लान्टको अनुगमन गर्नका लागि नायव उपरीक्षक भट्टसँगै प्रशोधन प्लान्ट भएको स्थानमै गयौं । उपकरणका बारेमा पर्याप्त जानकारी भएका प्राविधिक ईञ्जिनियरलाई बोलाउन भनेर उपरीक्षक भट्ट आफ्नो कार्यकक्षतिर जानुभयो । त्यहाँ हामीले करिव आधा घण्टा कुर्‍यौँ। तर, उहाँ आउनुभएन । त्यसबीच हामीले उपरीक्षक भट्टलाई ३ पटक फोन समेत गर्यौँ । संयोगवस त्यही समयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह १०–१५ जनाको टोलीसहित अनुगमनमा आउनुभयो । समय सान्दर्भिक भएको लागेर हामीले उहाँ आएको फुटेज खिच्यौं । त्यसमा न त मेयर साहलाई नराम्रो गर्ने नियत थियो, न त उहाँको कामलाई अवरोध गर्नु नै । हामीले त संयोगबस उहाँलाई भेटेपछि छोटो कुरा गर्न पाइन्छ कि भन्ने आशा राखेका थियौं । तर, उहाँले हिमालय टेलिभिजनप्रति लक्षित गरेर धम्की समेत दिनुभएको छ । महानगरपालिकाका सम्पूर्ण बैठक पारदर्शी गर्छु भनेर मेयर जितेका बालेन्द्र साह मिडियाका क्यामरासँग किन डराइरहनु भएको छ ?

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क