इन्फो नेपाल — सञ्चारको सञ्जाल

महानवमीको दिन सुनसान भयो इटहरी

सुनसरी / नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन इटहरीमा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै इटहरी सुनसान भएको छ । बडादसैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएर सुनसरीका विभिन्न शहरका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा इटहरी सुनसान भएको हो । आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणहरु सडकमा देखिएका छन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् । किनमेलका पसलहरु अधिकांश बन्द छन् । इटहरीमा मानिसहरुको खचाखच हुने न्युरोड हङकङ मार्केट , संगित चोक, पुर्व लाइन ,पश्चिम लाइन, विराटनगर लाइन लगायतका ठाउँहरुमा पसलहरु बन्द छन् । चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरी इटहरीले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क