इन्फो नेपाल — सञ्चारको सञ्जाल

महिलालाई आत्मनिर्भर बनाउन दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग

महिलालाई आत्म निर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले धादिङको सिद्धलेक गाउँपालिकाले दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । जिल्लाको सिद्धलेक गाउँपालिका वडा न ४ मा रहेको चक्रकाली आमा समूहलाई दुना–टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको हो । दुना टपरी बनाउने मेसिन सहयोगले आमा समूहलाई आत्मनिर्भर बनाउनुको साथै आयआर्जनमा समेत सघाउ पुग्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको भनाई छ । यस किसिमको सहयोगले वनमा खेर गइरहेको पातको प्रयोगबाट दुना–टपरी उत्पादन गरी महिलाहरूलाई उद्यमशील बनाउन सहयोग पुग्ने छ । दिउँसो बस्तुभाउ चराउन जंगल जाँदाको समय व्यवस्थापन गर्न सकिए सजिलै आयआर्जनमा टेवा पुग्ने छ । उद्योगबाट उत्पादित दुना टपरीहरू जिल्ला भित्र र जिल्ला बाहिर समेत बजारमा विक्री गर्न सकिने बताइएको छ । महिला सशक्तीकरण र महिला हिंसा रोक्नको लागि महिलाहरूलाई आर्थिकसँग जोड्नुपर्ने भन्दै गाउँपालिकाको आयआर्जन र सिप मूलक कार्यक्रम मध्ये दुना–टपरी एक कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष कमला शर्माका भनाई छ । उक्त मेसिनबाट उत्पादन गरिएको दुना–टपरी पूजा, विवाह ,छेवार लगायत ठुला मेला महोत्सव र पर्वमा प्रयोगमा आउनेछ । उत्पादनमा निरन्तरता दिन सके लोभ हुन लागिएको दुना टपरीको संरक्षणमा समेत टेवा पुग्ने स्थानीयको बुझाई छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क