इन्फो नेपाल — सञ्चारको सञ्जाल

महेन्द्र माध्यमिक विद्यालयको विद्यार्थीहरूको शैक्षिक भ्रमण

सुनसरी / इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयबाट यहीँ फागुन २७ गते शैक्षिक भ्रमणका लागि इलामका विभिन्न ठाउँमा विद्यार्थी र शिक्षकहरू मिलेर भ्रमण गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थी , विद्यालय व्यवस्थापनका कर्मचारी र शिक्षकहरू मिलेर कक्षा १ देखि ५ सम्म इटहरीमा रहेको तालतलैयामा भ्रमण गरिएको छ । कक्षा ६ लाई मोरङ बेलबारीमा पर्ने बेतना सिमसार र कक्षा ७ लाई धरानको बुढा सुब्बा मन्दिर, दन्तकाली मन्दिर , झोलुङ्गे पुल ,हात्तिसार क्यापस र पिण्डेश्वर मन्दिरमा विद्यार्थीहरूलाई गत पुस २३ गतेलगिएको थियो । कक्षा ८ का विद्यार्थीहरू लाई सुनसरीको शान्तिबन र बर्जुताल यहीँ फागुन २७ गते लगिएको छ भने कक्षा ९ देखि ११ कक्षा सम्मका विद्यार्थीहरू इलामको कन्याम , पाथिभरा मन्दिर र फिक्कल यहीँ फागुन २७ गते लगिएको हो त्यस्तै, कक्षा १२ लाई इलामको पशुपतिनगर कन्याम यहीँ फागुन २७ गते लगिएको हो । `सिकाइको साथ साथै भ्रमण पनि अनिवार्य रहेकाले सधैं कक्षा कोठामा बसेर पढ्नु भन्दा कहिले काहीँ बाहिरको परिवेश हेर्न देख्न घुम्नका लागि भ्रमण गरिएको´ महेन्द्र माध्यमिक विद्यालयका प्रधानध्यापक मेदन घिमिरेले बताउनु भएको छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क