इन्फो नेपाल — सञ्चारको सञ्जाल

महेन्द्र माध्यमिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइयो !

इटहरी | कोरोना भाइरसविरूद्वको खोप अभियानलाई लक्षित गर्दै आज महेन्द्र माध्यमिक विद्यालयमा पनि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरू र ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई १२ देखि १७ वर्ष उमेर समूहका ४५० जना विद्यार्थीहरूलाई महेन्द्र माध्यमिक विद्यालयमा मोर्डना विरूद्वको खोप लगाइएको छ । राष्ट्रिय माध्यमिक विद्यालय इटहरी-१ , पशुपति इङलिस बोर्डिङ स्कुल इटहरी -२ , विश्व आर्दश सेकेन्डरी स्कुल इटहरी-४ , सरस्वती मा.वि इटहरी-३ , कचना महादेव सेकेन्डरी विद्यालय इटहरी-४ ,लक्ष्मी सेकेन्डरी स्कुल इटहरी-७ र सरस्वती सतन मा.वि इटहरी -८ मा आज कोरोना भाइरल मोर्डना खोप लगाइएको छ । इटहरीमा रहेका २० वटा वडामा विभिन्न विद्यालयहरूमा कोरोना विरूद्वको खोप यहीँ चैत १ गते आज लगाइयो भने २,३ र ७ गते लगाइने भएको छ । त्यसैगरी,जनसहयोग उच्च माध्यमिक विद्यालय इटहरी-२० मा चैत २ गते लगाइने भएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क