इन्फो नेपाल — सञ्चारको सञ्जाल

माओवादीको जागरण अभियान, पहिलो गाँसमै ढुंगा !

झापा | नेकपा माओवादी केन्द्रद्वारा सञ्चालन गरिएको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ उद्घाटन समारोह विवादास्पद बनेको छ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असन्तुष्ट बनेपछि मञ्चबाट बाहिरिएका छन्। उनलाई पर्याप्त समय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। श्रेष्ठ आफ्नो मन्तव्यका क्रममा थिए, त्यही बेला उद्घोषक मञ्चनजिकै आएपछि उनले आपत्ति जनाए। "सक्नुस् भन्न आएको हो?" भन्दै उनले आक्रोश व्यक्त गरे। सञ्चालकले अस्वीकार गरे पनि श्रेष्ठ रिसाउँदै "यहाँ टुक्क आएर बसेको?" भन्दै रोष प्रकट गर्दै बाहिरिएका थिए।

श्रेष्ठ बाहिरिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिस्थिति नियन्त्रणमा लिने प्रयास गरे। उनले भने, "वरिष्ठ उपाध्यक्ष कमरेडलाई असहज महसुस भयो, तर हामीले यसलाई समीक्षा गर्नेछौं। गल्ती भए क्षमा चाहन्छु, तर यो ठूलो विषय होइन।"

माओवादी केन्द्रले झापा, कचनकवलस्थित बनियानी बाट सोमबारदेखि अभियान सुरु गरेको हो।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क