इन्फो नेपाल — सञ्चारको सञ्जाल

माओवादीबाट चुनावमा उठ्ने चर्चाबारे कुलमान घिसिङ के भन्छन्?

काठमाडौं: आगामी मंसिर ४ गतेको चुनावमा आ-आफ्नो दलको पक्षमा माहौल बनाउन नेताहरू प्रयासरत रहँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भावना 'सेन्टिमेन्ट' समात्नेगरी उम्मेदवार अघि सार्ने टिप्पणी गरे। त्यसको लगत्तै माओवादी पार्टीभित्रबाटै काठमाण्डूमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलेका छन्। "मैले (चुनाव उठ्ने)बारे केही निर्णय गरेको छैन," घिसिङले श्रोतलाई भने। "चर्चा त विभिन्न चलिराख्छन्। तर मैले निर्णय गरेको छैन।" दोस्रो चारवर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए। अर्थात् उनको अझै तीन वर्षको कार्यकाल बाँकी नै छ। उनलाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड तथा माओवादी नेता एवम् ऊर्जामन्त्री पम्फा भुसालले नै पहल गरेको देखिएको थियो। यही साता एउटा सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले काठमाण्डू महानगरपालिकामा मेयर पदमा बालेन (बालेन्द्र शाह) निर्वाचित हुनुमा "जनताको सेन्टिमेन्ट" मुख्य कारण रहेको बताए। "हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेका छौँ," उनले भने। "तपाईँहरूले सोच्दै नसोचेको नयाँ मान्छे ल्याउने विचार छ मेरो। त्यस्तो मान्छे जो कुनै गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन हामी सबैले साथ दिन सकिने… हो, यो त ठिक छ भन्ने भयो भने काठमाण्डूमा २/३ (सीट) हामीले सजिलै जित्न सक्छौँ," प्रचण्डले भनेका थिए। यसअघिको चुनावमा काठमाण्डूमा माओवादीले एक सीट पनि जितेको थिएन। उनले सोही कार्यक्रम देखा परिरहेका अनुहारहरूले जित्ने स्थिति नदेखिएको भन्दै नयाँ उम्मेदवार ल्याउने सोच रहेको बताएका थिए। तर यसबारे पार्टीभित्र कुनै आधिकारिक छलफल वा निर्णय भने भइनसकेको माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बताएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क