इन्फो नेपाल — सञ्चारको सञ्जाल

माओवादीलाई एमालेको ठूलो प्रस्ताव

काठमाडौं – सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर खटपट चलिरहँदा नेकपा एमालेले माओवादी केन्द्रलाई आफूतिर तान्न प्रयास जारी राखेको छ । यसैक्रममा एमालेले माओवादीलाई कांग्रेससँग कुरा नमिले आफूतिर आउन भन्दै आकर्षक प्रस्ताव पठाएको छ । एमालेले माओवादीलाई ६५ देखि ७० सिटसम्म दिन सक्ने प्रस्ताव पठाएको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार यो प्रस्तावमा माओवादीका तर्फबाट जवाफ आएको छैन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुधबार बुटवलमा आफू निकट केही नेता कार्यकर्तासँगको गोप्य भेटमा माओवादीलाई यस्तो प्रस्ताव पठाएको खुलासा गरे । उनले सत्ता गठबन्धन तोड्न हरसम्भव प्रयास भइरहेको भन्दै माओवादीलाई पठाएको प्रस्तावबारे सुनाएका थिए । बुटवलको एक होटलमा भएको भेटमा उपाध्यक्ष पौडेलले सहभागीलाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना अझै रहेको बताएका थिए । उनका अनुसार यदि कांग्रेसले धेरै सिट दिएन भने तालमेलका लागि एमाले तयार रहेको शन्देश माओवादीलाई पठाइएको छ । पौडेलका अनुसार ६० देखि ७० सिट माओवादीलाई दिन सकिने भन्दै त्यही अनुसार अघि बढ्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव पठाएका छन् । तर माओवादीका तर्फबाट अहिलेसम्म जवाफ नआएको पौडेलले सुनाएका छन् । सत्ता गठबन्धनमा सिट बाँडफाट गर्दा माओवादीसहितका दललाई प्रत्यक्षतर्फका आधा दिने र बाँकी कांग्रेसले राख्ने लगभग सहमति जुटेको छ । १६५ सिटमध्ये आधा कांग्रेसले राख्ने र बाँकी आधा अन्य दलले भाग लगाउने सहमति भए पनि नयाँ समस्या उत्पन्न भएको छ ।कांग्रेस इतरका दलमा सिट कम भएको भन्दै नयाँ विवाद देखिएको छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २५-२५ सिटमा दाबी गरेका छन् । दुई दललाई पचास सिट दिँदा माओवादीको भागमा ३० भन्दा केही बढी सिट मात्रै पर्ने देखिन्छ । जसका लागी माओवादी तयार हुने सम्भावना नभएपछि सहमति जुट्न सकेको छैन । यहीबीचमा जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि समानान्तर रुपमा छलफल गरिरहेको सूचना गठबन्धन दलमा पुगेको छ । यादवलाई सकेसम्म गठबन्धनमा टिकाउने नत्र लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई भित्र्याउनेबारे पनि छलफल चलिरहेको छ । यही थाहा पाएपछि एमाले अध्यक्ष ओलीले लोसपा नेताहरुसँग भेटेर चुनावमा गठबन्धन गर्न आग्रह गरेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले यसबारे पार्टीमा छलफल गरेर मात्रै निर्णय गर्ने जवाफ ओलीलाई दिएका छन् । शुक्रबार दिनभर गठबन्धनमा खटपट भएको भन्ने खवर पनि यही कोणबाट उठेको थियो । कुलमध्ये आधा सिट लिन कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन् । तर शेखर कोइराला लगायतका नेता यसमा सहमत छैनन् । त्यसैले गठबन्धनको बैठक बस्न पनि ढिलाइ गरिएको छ । सभापति देउवाले पार्टीभित्र वातावरण बनाउन भन्दै केही समय माग गरेका छन् । उनले शुक्रबार एक कार्यक्रममा गठबन्धनको जित नै कांग्रेसको जित भन्दै पार्टीमा वातावरण बनाउने प्रयास गरेका छन् । अहिलेसम्म सत्ता गठबन्धनमा सिट बाँडफाटलाई लिएर कांग्रेस र माओवादी लगभग सहमत छन् । तर एकीकृत समाजवादी र जसपालाई मिलाउन सकस देखिएको छ । यही मौका छोपेर एमालेले प्रचण्डलाई मागेजति सिट दिने प्रस्ताव पठाएको छ । माओवादीले कांग्रेससँग ६० सिट मागेको छ । एमालेले त्यो भन्दा धेरै सिट दिने प्रस्ताव गरेर माओवादीलाई फकाउने प्रयास गरेको छ । अब यो प्रस्तावमा माओवादीको प्रतिक्रिया कस्तो आउँछ जवाफ पर्खिरहेको उपाध्यक्ष पौडेलले बताएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क