इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘माओवादीलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ भन्दै स्क्रिनसटहरु भाईरल

काठमाडौं। मतदानको समय नजिकिएसँगै सामाजिक सञ्जालमा ‘कांग्रेसको गोप्य सर्कुलर’ भन्दै विभिन्न समाचारका स्क्रिनसट भाइरल भएका छन्। नाम चलेका अनलाइन मिडियाको लागोसहित ‘प्रचण्डबाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ शीर्षक र समाचारको स्क्रिनसट भाइरल छ। विशेषगरी, फेसबुक र ट्विटरमा भाइरल बनेको त्यस्ता पोष्ट शनिबार बिहानदेखि धमाधम सेयर भइरहेका छन्। ‘माओवादीले पाएका क्षेत्रमा अन्य अनुकूल उम्मेदवारलाई जिताउन कांग्रेस सर्कुलर’, प्रचण्ड बाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’, ‘देउवालाई प्रचण्डको फोन माओवादीलाई सहयोग नगर्ने कांग्रेसको सर्कुलरप्रति माओवादी सशङ्कित’, माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक प्रचण्ड’ रूख चिन्हमा मतदान गर्न ओलीको आग्रह’, ‘चितवनमा रवि लामिछानेलाई जिताउन र गठबन्धनलाई हराउन एमालेको आन्तरिक सर्कुलर’ जस्ता समाचारका शीर्षकसहितका स्क्रिनसट भाइरल छन्। यो स्क्रिनसट तपाईंको फेसबुक, ट्विटर फिडमा पनि आइपुगेको हुनसक्छ। झट्ट हेर्दा साँच्चै अनलाइन समाचार पोर्टलमै प्रकाशन भएको जस्तो देखिने स्क्रिनसटलाई धेरैले पत्याएका छन्। विशेषगरी, दलका कार्यकर्ताले सम्बन्धित स्क्रिनसट पोस्ट शेयर गरिरहेका छन्। समाचार शीर्षकभन्दा माथि, नयाँ पत्रिका, अनलाइखबर, रातोपाटी, उज्यालो अनलाइन ’लगायत चलेका साइटको लोगो देख्दा समाचार भनेर झुक्किन सक्छन्। अझ शीर्षकभन्दा मुनि समाचारकै शैली र भाषा जस्तो बनाउन खोजिएको छ । जसले गर्दा यी स्क्रिनसट हेरेर झुक्किन सक्छन् । तर,सत्य होइन। तर,सत्य होइन। डोमेन नेम, मास्टहेड अनलाइन न्युजपोर्टलको देखिँदैमा त्यही अनलाइनमा समाचार छापिएका हुँदैनन्। अनलाइनमा जस्तो शैलीको ग्राफिक्स, डिजाइन देखिँदैमा प्रकाशन भएको समाचार हुँदैन। पहिलो कुरा नाम चलेका कुनै पनि अनलाइनले यस्ता अपुष्ट समाचार राख्दैन। दोस्रो कुरो, कांग्रेसको गोप्य आन्तरिक सर्कुलर सार्वजनिक नगरिएको, भित्रभित्रै गोप्य रूपमा कार्यकर्तालाई मात्रै भनिएको भए पनि समाचार ती अनलाइनमा प्रकाशन भएका देखिँदैनन्। स्क्रिन सटमा उल्लेख भएको शीर्षक र समाचारमा उल्लेख भएका शब्दहरू सर्च गर्दा ती अनलाइन साइटमा भेटिँदैनन्। कुनै समाचार अनलाइनमा प्रकाशित भएपछि त्यसको शीर्षक वा समाचारमा लेखिएको कुनै शब्द गुगल, याहु, यान्डेक्स, वा अन्य कुनै सर्च इन्जिनमा गएर सर्च गर्दा सजिलै भेटिन्छ। तर, यो समाचारमा भने केही भेटिँदैन। अर्काे कुरा ती सबै स्क्रिन सटमा आजकै मितिमा (३ मंसिर)मा समाचार छापिएको भनेर डेटलाइन छ। ती सम्बन्धित सबै अनलाइन पोर्टलमा गएर हेर्दा आजको मितिमा ती समाचार प्रकाशित भएको देखिन्न। नयाँ पत्रिकाको समाचार भन्दै कमलराज भट्टको बाइलाइनमा सहित स्कृनसट आएको छ। उनै पत्रकारले फेसबुकमा आफूले सो समाचार नलेखेको र कसैले स्कृनसट गरेर एडिट गरेको भनेर फेसबुकमा लेखिसकेका छन्। अनलाइन खबरका पत्रकार लिलु डुम्रेले पनि सो समाचार आफू कार्यरत अनलाइनमा समाचार नछापिएको बताएका छन्। दुवै पत्रकारले स्क्रिनसट साँच्चै समाचारको नभई बनाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। स्कृनसट हेर्दा पनि एडिट गरेको जस्तै लाग्छन्। उदाहरणको लागि रातोपाटीको मास्टहेडसहितको स्क्रिनसटमा अपराध सेगमेन्टमा समाचार पोस्ट भएको देखिएको छ। एटिड गर्नेले बुझेनछ की त्यो समाचार राजनीति सेगमेन्टमा पोस्ट हुने गर्छ भन्ने कुरा। त्यसैले, यो समाचारको आवरणमा आफ्नो फाइदाका लागि रचिएको जालो हो भनेर सजिलै बुझ्न सकिन्छ। भोलि मतदानमा दिन भएकाले मतदातालाई भ्रममा पारेर जनमत प्रभावित पर्न यस्तो गरिएको हुनसक्छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि यस्तो कुनै सर्कुलर जारी नभएको बताएका छन्। ‘‘यो सबै भ्रामक कुरा हो। हामीले कहीँ कसैलाई यस्तो निर्देशन सर्कुलर गरेका छैनौँ। विपक्षी समूहले यस्ता भ्रम फैलाएका हुन सक्छन्। यसको घोर निन्दा गर्छौं|’’ उनले नेपालभ्युजसँग भने। यी सबै विश्लेषण गर्दा अर्को दलप्रति मतदान गर्ने मनस्थिति बनाएका मतदातालाई भड्काउन फरक दलका कार्यकर्ताले एडिट गरिएको स्क्रिनसट हुन् भनेर अनुमान लगाउन गाह्रो छैन। अरू बेलाभन्दा चुनावका बेलामा यस्ता अफवाह बढी फैलिन्छन्। आमनिर्वाचनअन्तर्गत यतिबेला स्थिर समय (मौन अवधि) जारी छ। भोलि (आइतबार) मतदान हुनुभन्दा केही घण्टाअगाडि दुष्प्रचार गरिएको देखिन्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क