इन्फो नेपाल — सञ्चारको सञ्जाल

माओवादीले उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई

काठमाडौं- समानुपातिकतर्फको जारी मत गणनामा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ। केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहँदै आएको थियो। अब माओवादी तेस्रो स्थानाम उक्लिएको छ। शनिबार १२:३० बजेको तथ्यांक अनुसार एमालेले सबैभन्दा धेरै मत पाएको छ। कुल ६८ लाख ८३ हजार ७२४ मत गणना भइसक्दा एमालेले सर्वाधिक १८ लाख ९७ हजार २७ मत पाएको छ। गणना भइसकेको मतको आधारमा उसले पाएको मत २७. ५५ प्रतिशत हो। त्यस्तै, कांग्रेसले १८ लाख ३० हजार ३६ मत पाएको छ। उसले पाएको मत २६. ५८ प्रतिशत हो। त्यस्तै, तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख १ हजार ३७९ मत पाएको छ। उसले पाएको मत ११. ६१८ हो। चौथो स्थानमा थकेलिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ७८२ मत पाएको छ। उसले पाएको मत ११. ६४१ प्रतिशत हो। त्यस्तै, अहिलेसम्म गणना भएको मतको आधारमा राप्रपा र जसपाले पनि तीन प्रतिशत मत कटाएका छन्। उनीहरुले क्रमशः ५.९६ र ३. १८ प्रतिशत मत पाएका छन्। एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले २ प्रतिशतभन्दा केही बढी मत पाएका छन्। मत गणना जारी छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क