इन्फो नेपाल — सञ्चारको सञ्जाल

माओवादीवाट चुनाव जितेका यि जनप्रतिनिधिहरु धमाधम एमाले प्रवेश

काठमाडौ । माओवादीमा भिषण पहिरो गएको छ । माओवादीवाट निर्वाचन जितेकाहरु नै धमाधम नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् । यसरी एमाले प्रवेश गर्ने स्थानिय जनप्रतिनिधि ३ पुगेका छन् । अन्य सामान्य कार्यकर्ताहरु पनि धमाधम एमाले प्रवेश गर्ने क्रम जारी छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ पनि एमाले प्रवेश गर्ने तयारीमा छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका छन् । उनलाई एमालेमा भित्र्याउन ओली विहिवार पर्सा जाँदै छन् । उनीसंगै अन्य केही पनि एमाले प्रवेश गर्ने भनिएको छ । माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । ठूलो संख्यामा माओवादी नेताहरु एमाले प्रवेश गर्ने भएपछि एमालेका केही नेताहरु तयारीका लागि पर्सा पुगीसकेका छन् । मियाँ संगै माओवादी छोडेर एमाले प्रवेश गर्ने स्थानिय जनप्रतिनिधिको संख्या ३ पुगेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख (मेयर) ले एमाले रोजेका थिए । प्रदेश २ की एक मात्र विजयी महिला मेयर कविता साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क