इन्फो नेपाल — सञ्चारको सञ्जाल

माओवादीसँग सहकार्य गर्न एमाले तयार

काठमाडौं । सत्ता सहकार्यको लागि नेकपा माओवादी केन्द्रसँग सम्वाद गर्न नकेपा एमाले तयार भएको छ । माओवादीले अहिलेका गठबन्धन छाडे एमाले सत्ता सहकार्य गर्न तयार भएको हो । आज बसेको एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । बैठकमा ओलीले सत्ता सहकार्यको लागि कांग्रेस र माओवादी सबैसँग कुरा भइरहेको जानकारी गराएका थिए । एमालेका एक पदाधिकारीका अनुसार माओवादीले सत्ता गठबन्धन छाडे सहकार्य गर्न सकिने ओलीले बताएका थिए । ती पदाधिकारीले भने, ‘प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला सम्वाद गर्न सकिन्छ भन्नुभएको छ ।’ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार शीतल निवास र बिहीबार संसद भवनमा हार्दिकताका साथ देखिएका थिए । त्यहाँ उनीहरुमा अर्थपूर्ण हाँसो थियो । मंगलबार ओलीले आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सत्ता समीकरणको विषयमा छलफल गर्न प्रचण्ड निवास खुमलटार नै पठाएका थिए । सो अवसरमा नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका थिए । उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका थिए । उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले–माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका थिए । वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने तयारी गरिरहेको बेला एमाले पनि सत्ता सहकार्यको लागि माओवादीलाई प्रस्ताव गरेको हो । पछिल्लो समय एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई मिलेर जान दवाब दिइरहेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क