काठमाडौँ – नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् ।
काभ्रेपलान्चोकका दीननाथ गौतमलाई पराजित गर्दै सिन्धुपाल्चोकका पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्रै पाए ।
उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्षमा संगीता भट्टराईले जित हात पारिन् ।
१० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि बागमती प्रदेशको अध्यक्ष र पदाधिकारीका लागि पहिलोपटक गएराती चुनाव भएको हो । अरु प्रदेशमा माओवादीले सहमतिमा पदाधिकारी चयन गरेको थियो ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…