इन्फो नेपाल — सञ्चारको सञ्जाल

माओवादी जता पनि तयार

काठमाडौं - माओवादी केन्द्र अबको सरकार गठन गर्न ‘जता पनि तयार’ देखिएको छ। अपेक्षाअनुसार चुनावी नतिजा आफ्नो पक्षमा नआएको विश्लेषणसहित उक्त पार्टी सरकार गठनमा सबै विकल्प खुला राख्ने पक्षमा उभिएको हो।  पाँच दलीय सत्ता गठबन्धन छाड्ने निर्णय नभए पनि ‘एमालेसँग मिलेर सरकार गठन’ को विकल्प खुला राख्ने नेताहरूले बताएका छन्। उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका विषयमा एमालेसँग मिल्न सकिनेलगायत विकल्प खुला राखिएको बताए। ‘अहिले जुन गठबन्धन छ त्यो छोड्ने निर्णय होइन,’ नेता महराले भने, ‘अरू सबै विकल्प हामीले खुलाएका छौं।’  चुनावी समीक्षा गर्न शनिबार माओवादी पदाधिकारीको बैठक बसेको थियो। बैठकमा अपेक्षाअनुसार चुनावी परिणाम नआएको निष्कर्ष निकालिएको महराले बताए।  महासचिव देव गुरुङले एमालेसँग पनि सरकार गठनका लागि वार्ता र संवाद हुने बताए। राजनीतिक कोर्स जता पनि जान सक्ने उल्लेख गर्दै नेता गुरुङले गठबन्धन अहिले यथावत् रहेको बताए। तर, भावी समीकरणबारे अहिले नै टुंगो नलागेको उनको भनाइ थियो। एमाले नेताहरू पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अरू दलसँग संवाद र सहकार्य गर्ने बताइरहेका छन्। 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क