इन्फो नेपाल — सञ्चारको सञ्जाल

माघ ८ गते सार्वजनिक बिदा दिन माग

जनकपुरधाम: भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिन माग गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मुख्यमन्त्री सरोजकुमार यादवलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै सो दिन प्रदेशभर बिदा दिन र दिपावली मनाउन माग गरेका हुन् । अगामी माघ ८ गते अर्थात् जनवरी २२ तारेखमा राममन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । ‘यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइती (नैहर) बाट संसारलाई त्रेता युगीन भगवान श्री रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको सन्देश दिन सरकारी रूपमा उत्सव मनाउन २२ जनवरी २०२४, तद्नुसार २०८० माघ ८ गतेका दिन मधेस प्रदेशमा सार्वजनिक बिदाको घोषणा तथा प्रदेशवासीलाई उक्त दिन दीपावली मनाउन आग्रहपूर्ण सन्देश दिनका लागी विनम्र अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ। वर्षौंको विवादपछि भारतीय अदालतको निणर्यअनुसार अयोध्यामा भगवान रामको विशाल मन्दिर निर्माणले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन प्रदेशमा सार्वजनिक बिदा दिन आग्रह गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क