इन्फो नेपाल — सञ्चारको सञ्जाल

माडीको विकासका लागि अरूलाई भन्दा मलाई बढी चिन्ता र चासो छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ( माहोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरूलाई भन्दा आफुलाई बढी चिन्ता र चासो रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यलय चितवन र माडी नगरपालिकाले हिजो माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे माडी बनाउनका लागि नभएर प्रोपोगाण्डका लागि बनाउनका लागि नभएर राम मन्दिरको कुरा उठाइएको बताउनु भएको छ । माडीमा प्रोपोगाण्डका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उहाँ भनाइ रहेको छ । उनले भने `` एेतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु ।´´ फरक प्रसङ्गमा उनले सुकुम्बासी समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । उनले सुकुम्बासीको समस्या समाधान गर्ने तर्फ सरकार लागेको बताउनु भएको छ । माडीको बाँदरझुला सुकुम्बासी बस्ती हो । प्रचण्डले भनेका छन् `` मैले भुमिसुधार मन्त्री र राष्ट्रिय भुमि आयोगका पदाधिकारीलाई भनिसकेको छु , ठोक कार्य योजना बनाएर लालपुर्जा वितरण गर्नुहोस् ।´´ भनी उनले आफुले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताउनु भएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क