इन्फो नेपाल — सञ्चारको सञ्जाल

मानवअधिकार उल्लंघनका आरोपीलाई सरकारले आईजीपी बनायो !

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानवअधिकार उल्लंघनकर्ताको आरोपितलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको आरोप लगाएका छन् । बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहलाई मानवअधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए । मानवअधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको उनको आरोप थियो । ‘मानवअधिकार उल्लंघनकर्ताको रूपमा उनीमाथि (सिंहमाथि) आरोप लागेको छ । कुनै बेला कुवेरसिंह राणामाथि आरोप लागेको थियो– २०६५ सालमा,’ ठाकुरले भने, ‘त्यसबेला आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो ।’ महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको ठाकुरले जानकारी दिए । ‘अहिले हामी अनुसन्धान गर्दैछौँ । फाइलहरू हेरिरहेका छौँ,’ उनले भने, ‘यो पनि एक किसिमको राज्यको सत्ताको दुरुपयोग भयो । यो बेलामा टप लेभलका सुरक्षा निकायका प्रमुख बनाउँदाखेरी केही न केही गम्भीर मानवअधिकारको प्रश्न पनि हो ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क