इन्फो नेपाल — सञ्चारको सञ्जाल

मारिए, घिसारिए अनि पोलमा झुण्ड्याइए

काठमाडौं | उनी निर्ममतापूर्वक मारिए, घिसारिए अनि दुई दिनसम्म पोलमा झुण्ड्याइए । यो कुनै १७औं र १८औं शताब्दीको घटना थिएन । १९औं शताब्दीको अन्ततिरको घटना थियो । जुन घटना अफगानिस्तानमा भएके थियो । उनी थिए अफगानिस्तानका पूर्व राष्ट्रपति डा. मोहम्मद नाजिबुल्ला । उनी रुसको साथ पाएका अफगानिस्तानका नेता थिए । सन् १९८६ देखि १९९२ मा अफगानिस्तानको राष्ट्रपति बनेका उनी सत्तामा रहँदा रुसले फौज फिर्ता गर्न थाल्यो । आफूपक्षधर नाजिबुल्ला राष्ट्रपति रहेको र उनलाई नै विदेशी फौज फिर्ताको जस दिने गरी रुसले उक्त रणनीति चालेको थियो । अर्कोतर्फ, शितयुद्धले विश्व शक्ति सन्तुलनमा फेरबदल आएपछि रुस अफगानिस्तानमा थप नोक्शानी भोग्न चाहिरहेको थिएन । रुसी फौजन फिर्ता भएपछि नाजिबुल्ला सत्ताबाट हटे । इस्लामिक मुजाहिद्दीनहरुले अफगानिस्तानमा नियन्त्रण कायम गरे । नाजिबुल्ला संयुक्त राष्ट्रसंघको काबुलस्थित मुख्यालयमा शरण लिन पुगे । उनी भारतमा शरण लिन चाहे । तर, तत्कालीन शासकले त्यो छुट दिएनन् ।कुनैबेला उनकै विश्वासपात्र अब्दुल रसिद दोस्तमले नै धोका दिए । दोस्तम अहमद शाक मसुदसँग मिले । उनीहरुले काबुल विमानस्थलमा कब्जा जमाएका थिए । एयरपोर्टबाट नाजिबुल्लालाई अर्को मुलुकमा जान छुट दिएनन् । संयुक्तराष्ट्रसंघले नाजिबुल्लालाई विदेश पुर्याउन संवाद जारी राख्यो । काबुलस्थित भारतीय दूतावासमा शरण दिन भारतले पनि स्वीकार गरेन । जसका कारण उनी संयुक्तराष्ट्रसंघको काबुलस्थित भवनमा शरण लिन पुगेका थिए । भारतले सन् १९९४ मा एम। के। भद्रकुमारलाई दूतका रुपमा पठाएर तत्कालीन अफगानिस्तानका रक्षामनत्री अहमद शाह मसुदसँग वार्ता गर्यो । मसुदसँगको वार्तामा भारतसम्म जान दिने गरी भएको वार्ता असफल भए । मसुद तयार भएनन् ।सन् १९९६ को सेम्टेम्बरमा तालिवान काबुल प्रवेशको क्रममा थिए । मसुदले नाजिबुल्लालाई काबुल छाड्ने अवसर सृजना गर्न तयार भए । तर, नाजिबुल्ला तयार भएनन् । उनी किन तयार भएनन् भन्नेबारे भिन्न मत छ । मसुदबाट उनी विश्वस्त हुन नसकेको या आफ्नो समुदाय पस्तुन्सको नजरमा कायर हुने भएकाले नगएको भन्नेहरु पनि छन् । तालिवान काबुल पसे । २६ सेम्टेम्बर सन् १९९६ मा नाजिबुल्ला र उनका भाई साहपुरलाई राष्ट्रसंघको भवन परिसरभित्र घिसारेर निकाले । दुवैको निर्ममतापूर्वक हत्या गरे । उनीहरुको शवलाई ट्रकमा राखेर घिसारे । शव ट्राफिक लाइटको पोलमा झुण्ड्याइयो । दुई दिनसम्म शव निकाल्न दिइएन । अफगानी जनताले बर्बर दृश्य दुई दिनसम्म देख्नुपर यो । शव निकाल्न निकै पहल भयो । यसका लागि राष्ट्रसंघले ठूलो प्रयास गरेर सफलता हासिल गरेको थियो । नाजिबुल्लाको हत्यामा अमेरिकाको सहयोग पाएको पाकिस्तानको भूमिकाको विषय उठिरह्यो । सोभियत संघको साथ र भारतसँग नजिकको सम्बन्ध रहेका नाजिबुल्लाको पतन हुँदै गर्दा पाकिस्तानको साथ पाएको तालिवान सत्तामा पुगेको थियो । त्यतिबेला अमेरिकाको पाकिस्तानसँग सुमधुर सम्बन्ध थियो । अमेरिकाले पाकिस्तानको माध्यमले तालिवानलाई भित्री साथ दिएर सोभियत संघलाई अफगानिस्तानमा कमजोर पार्न सकेको थियो । जसरी अफगानिस्तानको गृहयुद्धको बहानामा तत्कालीन सोभियत संघको फौज त्यहाँ पस्यो त्यसरी नै अमेरिकासहित नेटोका सौनिक प्रवेश गरे । तालिवानको पतनसँगै नयाँ परिस्थिति विकास भयो । अमेरिकी साथमा सरकार चलिरह्यो । तर, विश्वको बदलिएको शक्ति सन्तुलनले अफगानिस्तानमा अमेरिकी प्रभाव कमजोर हुँदै गयो । अमेरिकासहित पश्चिमा फौजले अफगानिस्तान छाडेका छन् । त्यो रिक्ततामा फेरि तालिवान शक्तिशाली बनेको छ । नाजिबुल्लाको निर्मतापूर्वक हत्या गरेको तालिवानले हतियारको बलमा क्रुसरतापूर्वक शासन चलायो । त्यो लामो समय टिकेन । तालिवान सत्ताबाट हटाइए । उनीहरु २००१ मा हटेपनि शक्ति सञ्चय गर्दै सन् २०२१ मा सत्तामा आए । तालिवानको क्रुर शासन अहिले फेरि अफगानिस्तानमा चलिरहेको छ ।-एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क