इन्फो नेपाल — सञ्चारको सञ्जाल

मार्टिन लुथर किंग जुनियरका १४ प्रेरक भनाइहरु

डा. मार्टिन लुथर किंग , जूनियर एक अमेरिकी नागरिक अधिकार संघर्षका प्रमुख नेता थिए । उनलाई अमेरिकाको गान्धी पनि भनिन्छ । उनको प्रयासले अमेरिकामा नागरिक अधिकार प्राप्त भएको थियो । त्यसैले आज उनलाई मानवअधिकारको प्रतीकका रूपमा पनि हेरिन्छ । उनले भनेका १४ प्रेरक भनाईहरु प्रस्तुत गर्दछौ । १. अध्यारोले अध्यारोलाई हटाउन सक्दैन उज्यालोले मात्र सक्दछ । उसैगरी घृणाले घृणा हटाउदैन प्रेमले मात्र सक्दछ । २. यदि तिमि उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिड, हिडन सक्दैनौ भने घिस्रीअ, तर जस्तोसुकै अवस्थामा पनि तिमी अघि बढी रहनु पर्नेछ । ३. खराब मानिसको आतंक भन्दा असल मानिसको मौनता बढी खतरनाक हुन्छ । ४. एउटा पुरुष त्यतिबेला मरेतुल्य हुन्छ जब जे सही हो त्यसको पक्षमा उभिन सक्दैन । एक व्यक्ति मरे सरह हुन्छ जब उ न्यायको निम्ति उठ्न सक्दैन । एउटा व्यक्ति मरे सरह हुन्छ जब उ जे सत्य हो त्यसको पक्षमा अडिग रहन सक्दैन । ५. मलाई डर लाग्ने भनेको केही जमातले गर्ने आतंक देखि होइन बरु जमातका जमात व्यक्तिहरुको मौनता देखि हो । ६. आस्था भनेको त्यो पहिलो पाइला चाल्न सक्नु हो जब की तिमिले भर्यांगको पुरै खुड्किलो देख्न सकिरहेको हुदैनौ । ७. शुभ काम गर्नको निम्ति सबै समय शुभ समय हुन्छ । ८. सहस भनेको बाधाहरुको बीच अघि बढ्ने भित्री दृढता हो; कायरता भनेको अगाडीको परिस्थिति सामु हार मान्नु हो । ९. अन्त्यतर्फ हमीले सम्झने भनेको दुश्मनको कठोर बचन होइन बल्कि मित्रको मौनता हो । १०. जिन्दगिको सबैभन्दा तत्काल खोज्नु पर्ने र कठिन प्रश्न भनको ‘तिमीले अरुको निम्ति के गरिरहेका छौ ?’ ११. अन्धकारमा मात्रै तिमीले तारहरुलाई देख्न सक्दछौ । १२. या त हामी दाजुभाई जसरी मिलेर बस्नु पर्दछ या त मुर्ख जसरी नासिएर जानु पर्दछ । १३. हामी डरको आंधीलाई सहसको पर्खाल बनाउनु पर्दछ । १४. प्रेम नै त्यो शक्ति हो जसले दुश्मनलाई मित्रमा बदल्न सक्दछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क