इन्फो नेपाल — सञ्चारको सञ्जाल

मालिस गर्ने तेल खाँदा एक जनाको मृत्यु

हेटौंडा : गत साउन १३ गते मकवानपुरको थाहा नगरपालिका वडा नं ५ मा राजकुमार पाखरीन मालिस गर्ने तेल खाएर बेहोस अवस्थामा फेला परेका थिए । ८२ वर्षीय राजकुमार पाखरीन हानिकारक पदार्थ खाँदा बिरामी परेपछि आफन्तले तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्याए । उपलब्ध जानकारी अनुसार राजकुमार पाखरीनको अवस्था गम्भीर रहेको र उनी बोल्न नसक्ने भएका थिए । दुर्भाग्यवश, मकवानपुर सहकारी अस्पतालका चिकित्सकहरूले प्रयास गर्दा पनि राजकुमार पाख्रीनको स्वास्थ्यमा सुधार हुन सकेन । उनलाई साउन १४ गते चिकित्सकले मृत घोषणा गरेका थिए । उनले पानी सम्झेर विषालु तेल खाएको हुनसक्ने परिवारको आशंका छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क