इन्फो नेपाल — सञ्चारको सञ्जाल

'मिस्टर नेपाल २०२४'को भोटिङ चरणमा हेटौँडाका आयूष

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ का युवा आयूष बोम्जन 'मिस्टर नेपाल २०२४' प्रतियोगिताको भोटिङ चरणमा प्रवेश गरेका छन्। यस अवसरमा स्थानीय समुदायले आयूषलाई समर्थन गर्न एक विशेष अभियान सुरु गरेको छ।

टोल विकास संस्था समन्वय समिति हेटौँडा-१५ ले "मकवानपुर हेटौँडा नगरवासीको शान, मिस्टर नेपाल आयूष बोम्जन जिताऔं अभियान" नाराका साथ एक कार्यक्रमको आयोजना गरी अभियानको औपचारिक शुभारम्भ गरेको छ।

कार्याक्रमबीच हेटौँडा उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष सुनिल मोक्तानले आयूषलाई विजयी गराउन सम्पूर्ण नगरवासीलाई एकजुट हुन आह्वान गरेका छन् । उनले भने, "आयूष हाम्रो हेटौँडाको मात्र नभई सम्पूर्ण मकवानपुरको शान हुनुहुन्छ। उहाँलाई विजयी गराउन हामी सबैले सक्दो सहयोग र समर्थन गर्नुपर्छ।"

प्रतियोगितामा आयूष बोम्जनको भोटिङ कोड ६ रहेको छ। समर्थकहरूले ई-सेवा एप मार्फत 'मिस्टर नेपाल' को भोटिङ अप्सनमा गई कोड ६ छनोट गरेर भोट दिन सक्नेछन्।

विजेताले मिस्टर वल्र्ड २०२४ वा मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका साथै नगद पुरस्कार र विभिन्न उपहारहरू प्राप्त गर्नेछन्।

स्थानीय नेतृत्व र समुदायका प्रतिनिधिहरूले आयूषको समर्थनमा व्यापक अभियान सञ्चालन गर्न र भोटिङ प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। यो अभियानले आयूषको व्यक्तिगत सफलताको साथै समग्र हेटौँडा र मकवानपुर जिल्लाको गौरव बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क