इन्फो नेपाल — सञ्चारको सञ्जाल

मिस पबि र सागर ढकाल प्रेममा छन् ? (भिडियो)

काठमाडौं- गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको । भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा मिस पवी र सागर ढकालको प्रेमबारे चर्चा भएको थियो र मिस पवीले त्यसको खण्डन गर्दै केही नभएको स्पष्ट पारिन् । साथै, मिस पाबीले कालो रूपमा आएका चीजहरूलाई अस्वीकार गरिन । आफूलाई हेर्ने व्यक्तिमा भर पर्छ, म त्यस्तो कालो होइन, मेकअपका कारण कालो देखिन्छु,’ उनले भनिन् । हरेक पटक नयाँ र आकर्षक ठाउँमा पुगेर नयाँपनका साथ म्युजिक भिडियो ल्याउने गायक गिरी यसपटक जुम्ला पुगेर छायांकन गरिएको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा जुम्लाको स्थानीय जीवनशैली, पहिरन र अब प्रेमी जोडीको रमाइलो प्रेमकथालाई कलात्मक शैलीमा देखाइएको छ । अमन निलसागर र गायक गिरीको शब्द रहेको गीतमा विवेक विकले छायांकन गरेको छ भने भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै सांसद शाहीले गायिका गिरी र उनको टोलीको प्रशंसा गरेका थिए । जुम्ला भिडियोले नेपालको सुदूरसम्मको सौन्दर्य वर्णन गरेको उनले बताए । त्यसैगरी म्युजिक भिडियोमा जुम्लालाई देख्दा आफू खुसी भएको ढकालले बताए । त्यस्तै सरसफाई अभियन्ता केपी खनालले जुम्ला गीतमा देश र भेष रहेको बताए । उनले भिडियोमा नमुना गाउँ देखाएकोमा जुम्ला टोलीको खुलेर प्रशंसा गरे । पुरा भिडियोमा.. [embed]https://youtu.be/IXGz3rxTddM[/embed]

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क