इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल खेलमा नेपाल पुलिस र एपीएफ बिजयी

सुनसरी / इटहरीको रंगशालामा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगितामा बिभागीय टिम नेपाल पुलिस र एपीएफ क्लबले बिजयी सुरुवात गरेका छन् । सोमबार राती सम्पन्न खेलहरुमा पुलिसले अर्को बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई र एपीएफले बागमती प्रदेशलाई पराजित गरेको छ । खेलमा पुलिसले आर्मीमाथी ३–० को सोझो सेटको जित दर्ता गर्यो । पहिलो सेट २५–२० ले जीतेको पुलिसले दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–२१ ले जित्यो । उक्त खेलको म्यानअफ द म्याच पुलिस क्लबकी कामना बिष्ट घोषित भइन । पहिलो दिनको खेलसंगै समुह ए मा रहेको एपीएफले ३ अंक जोडेको छ भने समुह बी को पुलिसले पनि ३ अंक जोडेको छ । समुह ए मा एपीएफसंगै बागमती र कोशी प्रदेश रहेका छन् । समुह बी मा आर्मी सहित नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश रहेका छन् । दुबै समुहबाट समुह बिजेता र उपबिजेता सेमिफाइनलमा प्रतिष्पर्धा गर्न पाउने छन । जेठ ३२ गतेसम्म खेल हुने भएको छ ।प्रतियोगिताको कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीले कार्यक्रम उद्धघाटन गरेका हुन् । खेलमा सहभागी ६ वटै टिम रहेका जिल्ला भलिबल संघ सुनसरीका अध्यक्ष बिक्रम थापाले जानकारी दिए । प्रतियोगिता बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन । यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने बताइएको छ । कुल २५ लाख रुपैया खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमणभक्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क