इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुख्यमन्त्री शाही र विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गबीच भेट

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गबीच शनिबार भेटवार्ता भएको छ । कर्णाली उत्सवमा कुडा कर्नालीका तेस्रो संस्करणमा झरो उज्यालोको खरो बहसमा सहभागी हुन आएका घिसिङ्ग र मुख्यमन्त्रीबीच भेट भएको हो । भेटका क्रममा कर्णालीमा विद्युत प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पु¥याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए । ‘कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको छ ।’ उनले भने,‘कर्णालीका बाँकी रहेका हुम्ला, मुगु र डोल्पा जिल्लामा यसै आर्थिक वर्षमा विद्युत्को केन्द्रीय प्रसारण लाइन जडान हुनेछ ।’ भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको संभावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको बताए । ‘अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेका छौं ।’ उनले भने,‘१३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न आवश्यक रहेको छ । जनसंख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै मुख्यमन्त्री शाहीले त्यो कर्णालीका लागि अन्याय हुने गरेको बताए । ‘हाम्रो भूगोल ठुलो रहेको छ । जनसंख्या थोरै भएका कारणले विकास गर्न समस्या रहेको छ ।’ उनले भने,‘नीति निर्माण तहमा रहेकाले यो कुरा बझ्न सकियो भने चाडै कर्णालीको विकास हुन्छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क