इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुख्य मार्गको पुल भासिएर भ्वाङ, त्रासमा हिँड्नुपर्ने बाध्यता

कपिलवस्तुको वाणगंगा नगरपालिकाको मुख्य मार्गको पुल भासिएर भ्वाङ परेको छ । जसकारण त्रसित हुँदै यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ५ र ६ जोडने बैदौलीकास्थित नहरपुल जीर्ण हुँदा जोखिम बढेको छ । एक वर्षदेखि जीर्ण भए पनि नयाँ निर्माणका लागि बजेट व्यवस्थापन नहुँदा सोही पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यतामा स्थानीय छन् । वाणगंगा सिँचाइ प्रणालीको नहरमाथि निर्माण भएको पुलसँगै पानी वितरण गर्ने च्यानल बनाउँदा एक करोडभन्दा माथि खर्च हुने देखिएको वडा नम्बर ६ का अध्यक्ष शुकदेव चौधरीले बताए । करोड खर्च गर्ने हैसियत नगरपालिकासँग नभएपछि प्रदेश सरकारसँग योजना माग भएको थियो । प्रदेश सरकारले पुलको डिपिआर बनाउन एक लाख बजेट मात्र विनियोजन गरेको बताइएको छ । हाल पुलको आधा भाग भासिएको र बीचको भागमा भ्वाङ परेको अवस्थामा रहेको छ। नदीजन्य पदार्थ बोकेर टिपर तथा ट्याक्टर हिँड्न लागेपछि पुल भासिएको स्थानीयहरू बताउँछन् । स्थानीयलाई ओहोरदोहोर गर्न नजिक पुल नहुँदा त्रासका साथ यात्रा गर्नुपर्ने बाध्यता छ । अर्को पुल एक किलोमिटर टाढा छ । वडा कार्यालय तथा नगरपालिकाको धेरै स्थानमा पुग्न यही पुलको सहारा लिनुपर्ने बाध्यता छ । नगरपालिकाले नगरस्तरीय कृषि सडकको घोषणा गर्दै दुई लेन कालोपत्रेसमेत भएको छ । जीर्ण पुलबाट यात्रा गर्दा मोटरसाइकल र साइकलमा यात्रा गर्ने खसेर चोटपटक लाग्ने गरेको स्थानीय समाजसेवी प्रकाश भुसालले बताए । पुल निर्माणका लागि बजेट विनियोजन नभएपछि स्थानीय अगुवाहरू सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा डेलिकेशन पुगेका थिए । वडा नम्बर ६ का वडाध्यक्ष चौधरीले सिँचाइको कुलोसहितको पुल निर्माण गर्नुपर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पुल निर्माणका लागि ज्ञापनपत्र बुझाउन जाने तयारी भएको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क