इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुग्लिङ–काठमाडौँ सडक बन्द हुँदा वैकल्पिक मार्गमा जाम, काठमाडौँ–हेटौँडा यात्रा गर्न सवा ८ घण्टा

हेटाैँडा । मुग्लिङ–काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा–भीमफेदी–सिस्नेरी वैकल्पिक सडकमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। पूर्व र पश्चिम नेपालबाट काठमाडौँ आवतजावत गर्ने सवारीसाधन यही मार्गमा केन्द्रित हुँदा यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ।

​सामान्य अवस्थामा ३ देखि ४ घण्टामै पार गर्न सकिने काठमाडौँ–हेटौँडाको दूरी तय गर्न अहिले सवा ८ घण्टा लाग्न थालेको छ। शनिबार बिहान ११ बजे काठमाडौँबाट हेटौँडाका लागि छुटेका यात्रु कुमार पोखरेल साँझ ७ः१५ बजे मात्रै हेटौँडा आइपुगेका छन्।

​पोखरेलका अनुसार विशेषगरी भैँसेदेखि भीमफेदीसम्मको सडक खण्डमा अत्यधिक जाम रहेको छ। साँघुरो सडकमा चालकहरूले लेन मिचेर गाडी चलाउने, जथाभावी ओभरटेक गर्ने र घुम्तीहरूमा ठूला सवारी अड्किनाले समस्या झन् जटिल बनेको छ।

​मुग्लिङ–काठमाडौँ सडक बन्द भएसँगै त्रिभुवन राजपथ र भीमफेदी–सिस्नेरी सडकखण्डमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। दसैँका कारण घर फर्किने यात्रुको चाप बढेका बेला साँघुरा वैकल्पिक मार्गमा चालकहरूलाई लेन अनुशासन पालना गर्न र संयमित भएर सवारी चलाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क