इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुन्धुम ट्रेल: नेपालको पूर्वी पहाडको नयाँ पर्यटकीय आकर्षण

इटहरी | भोजपुर, खोटाङ र संखुवासभाको सिमानामा अवस्थित मुन्धुम ट्रेललाई विश्वस्तरमा चिनाउने प्रयास तीव्र गतिमा अघि बढेको छ। यस क्षेत्रको पर्यटन विकासका लागि महत्त्वपूर्ण मानिएको यस पदमार्गको प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सन् २०२५ लाई मुन्धुम ट्रेल भ्रमण वर्षका रूपमा मनाउने तयारी भइरहेको छ। टेम्केमैयुङ गाउँपालिकाले हालै मुन्धुम ट्रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्वेक्षण सम्पन्न गरेको छ। यस सर्वेक्षणले तावा भन्ज्याङदेखि टेम्केमैयुङ गाउँपालिकासम्मको मुन्धुम ट्रेलको विस्तृत अध्ययन र विकास योजना तयार पारेको छ। मुन्धुम ट्रेलको थप विकासका लागि स्वीस सरकार, प्रदेश सरकार, र संघीय सरकारको संयुक्त लगानीमा १ करोड ९० लाख ५० हजार रुपैयाँको योजना तयार पारिएको छ। स्वीस सरकारको सहयोगमा पदमार्गको भेरीफिकेसन (सत्यापन) गर्न स्विजरल्याण्डका प्रतिनिधि सहित १६ जनाको टोली खटिएको छ। गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार, कात्तिक महिनामा फाम ट्रिप कार्यक्रम आयोजना गरी मुन्धुम ट्रेलको भ्रमण गराइने योजना रहेको छ। पर्यटकलाई सहज र सुरक्षित बनाउन पदमार्गको विस्तार, स्थानीय बस्तुकला संरक्षण, सूचना बोर्डहरू, खानेपानीको व्यवस्थापन, सार्वजनिक शौचालयहरू जस्ता आधारभूत संरचनाहरू निर्माण गरिनेछ। मुन्धुम ट्रेललाई थप आकर्षक बनाउने उद्देश्यले सन् २०२५ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। यस भ्रमण वर्षको माध्यमबाट नेपालभित्र र बाहिरका पर्यटकहरूलाई मुन्धुम ट्रेलको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, र स्थानीय परम्परासँग परिचित गराउने प्रयास गरिँदैछ। मुन्धुम ट्रेलले भोजपुर, खोटाङ र संखुवासभा जिल्लाका विभिन्न सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई जोड्दै नेपालको पूर्वी भागको एक अनौठो पर्यटकीय गन्तव्यको रूपमा आफूलाई स्थापित गर्दैछ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते