इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुस्ताङमा हिमपाता सुरू

सुनसरी : मुस्ताङमा गए रातिदेखि हिमपात खस्न सुरू भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्ला हिमपात सुरू भएको स्थानीय बासिन्दाले बताएका छन् ।जोमसोम र म्यादीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी पनि परेको छ । वर्षा, हिमपात- पोखरा हवाई उडान पनि हुन सकेको छैन । मौसम प्रतिकुल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको छ । लोमान्थाङ गाउँपालिका, लो- घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्यादीको स्थानीयवासी मनबहादुर विकले जनाएका छन् । माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ ।मुस्ताङमा यति बेला दोस्रो पटक हिमपात भएकोले यहाँको जनजिवनमा समेत असर परेको छ । हिमपात र वर्षका कारण त्यहाँको तापक्रम माइनसतर्फ झर्दै गइरहेको जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाएका छन् । हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त हुने स्थानीय तहको कृषि शाखाले जनाएको छ । गहुँकालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ बिरूवालाई वर्षाका कारण राहत मिलेको छैन । अहिले हिँउदे फुलफुलका बिरुवा रोप्ने समय भएका कारण फल लाग्ने हिँउदे फुलफुलका लागि पनि वर्षको आवश्यकता परेको छ । गहुँ छरिसकेका किसान पनि हिँउदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसि भएका छन् । मुस्ताङ र म्यादीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्यादीमा जाडो बढेको छ । मुस्ताङमा गएरातिदेखि अत्यधिक चिसोका कारण मुस्ताको गाउँगाउँका शिवालयमा शतबीज छर्ने भक्तजनलाई समेत समस्या परेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क