इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुस्ताङमा ८९ करोड ४० लाख बजेट: कुन पालिकामा कति ?

जोमसोम : सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि हिमाली जिल्ला मुस्ताङलाई ८९ करोड ४० लाख बजेट विनियोजन गरेको छ। गत बुधबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा मुस्ताङका लागि ८९ करोड ४० लाख बिनियोजन भएको हो। ५ स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङले समानीकरण अनुदान ,सशर्त अनुदान ,बिशेष अनुदान र समपुरक अनुदान वापत उक्त रकम प्राप्त गरेको हो। मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकाले सबैभन्दा बढी २१ करोड ९० लाख प्राप्त गर्ने भएको छ। चालु वर्षको बजेटमा पनि यस पालिकालाई सोही अनुपातमा बजेट विनियोजन गरिएको थियो। सरकारले घरपझोङलाई समानीकरण अनुदान ६ करोड ७१ लाख ,सशर्त अनुदान १० करोड ६९ लाख र बिशेष अनुदान ४ करोड ५० लाख पाएको छ। मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउपालिकाले आगामी आर्थिक वर्षका लागि २० करोड ७७ लाख बजेट प्राप्त गरेको छ। जसअन्तर्गत समानीकरण अनुदान ६ करोड ७१ लाख ,सशर्त अनुदान १२ करोड ५६ लाख र बिशेष अनुदान १ करोड ५० लाख पाएको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई कुल १३ करोड ७९ लाख बजेट विनियोजन भएको छ। लोघेकरलाई समानीकरण अनुदान ६ करोड ६० लाख ,सशर्त अनुदान ५ करोड ६९ लाख र बिशेष अनुदान १ करोड ५० लाख छुट्याइएको हो। उत्तरी चिनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले १६ करोड ४ लाख बजेट पाएको छ। लोमान्थाङलाई समानीकरण अनुदान ६ करोड ६० लाख ,सशर्त अनुदान ८ करोड र समपुरक अनुदान १ करोड ४४ लाख बजेट विनियोजन भएको हो। यस्तै मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ अवस्थित रहेको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले आगामी आर्थिक वर्षका लागि १६ करोड ५० लाख पाएको छ। जसमा समानीकरण अनुदान ६ करोड ७१ लाख ,सशर्त अनुदान ८ करोड ७९ लाख र बिशेष अनुदान एक करोड विनियोजन भएको छ। सरकारले मुस्ताङका ५ वटै पालिका मध्ये सबैभन्दा बढी घरपझोङ र सबैभन्दा कम लोघेकर दामोदरकुण्ड गाउापालिकालाई बजेट छुट्याएको छ। लोघेकरको बजेट घरपझो र थासाङको भन्दा ७ देखि ८ करोडसम्म कम छ। लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्रले लोघेकरको भन्दा ३ करोड बढी पाएका छन्। समानीकरण समान जस्तै भए पनि सशर्त अनुदान भने घरपझोङ भन्दा थासाङको २ करोड बढी छ। थासाङ र लोघेकरले समान १ करोड ५० लाख बिशेष अनुदान पाएका छन् भने घरपझोङले ४ करोड ५० लाख पाएको छ। लोमान्थाङको भागमा आगामी आर्थिक वर्षका लागि बिशेष अनुदान राखिएको छैन्। यस्तै जिल्लाको लोमान्थाङले मात्रै समपुरक अनुदान पाएको छ। अन्य पालिकाले समपुरक अनुदान पाउन सकेनन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क