इन्फो नेपाल — सञ्चारको सञ्जाल

मृतक महिला र बेवारिसे दुई बच्चा को हुन् ? प्रहरी भन्छ–महिला र बच्चाहरूबीच सम्बन्ध हुनसक्छ

महोत्तरी, ७ फागुन |गत मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे । अन्दाजी चार बर्ष र दुई बर्षका बालक भेटिएपछि स्थानीयले उनीहरूको फोटो खिचे र सामाजिक सञ्जालमा राखे । केही बेरमै फोटो भाइरल पनि बनाए । तर, राति अबेरसम्म कोही पनि बालबालिका दाबी गर्न नआएपछि गौशालामा निक्कै खैलाबैला भयो । राम्रोसँग बोल्न नसक्ने यी बालबालिका को हुन् र किन छोडियो भन्ने बिषयले निक्कै चर्चा पाउदै गयो । उनीहरू वेवारिसे बनिसकेपछि गौशाला कै दिनेश महतोले आश्रय दिए । र, प्रहरीलाई खबर गरे । बाबुआमाको नाम र ठेगाना बताउन नसक्ने उनीहरूलाई एक महिलाले छाडेर गएको र फर्केर नआएको पसल चलाउँदै आएका दिलबहादुर बताउँछन् । ‘ महिलाको मुख पछ्यौराले छोपेको थियो । केही समयमा फर्केर आउँलिन भने लाग्यो तर आइनन् ।’ उनले भने । प्रहरीले बच्चालाई बेवारिसे बनाएर छाडेर हिड्ने अभिभावकको खोजी गरिरहेको बेला बुधवार अर्काे दुःखद घटना भयो । सागरनाथ जंगलभित्र दिउँसो एक महिलाको शब फोला पर्यो । अहिले यहाँ तिनै बालक र मृ'तक महिलालाई जोडेर अनेक अड्कलबाजी हुन थालेको छ । गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार जाने बाटोमा रेलवे लिकभन्दा पाँच सय मिटर अगाडि पहिचान खुल्न नसकेकी महिला मृ'त अवस्थामा भेटिएपछि बच्चा र महिलाबीच कुनै सम्बन्ध हुन सक्ने प्रहरीले समेत आकलन गरेको छ । प्रहरीको पारम्भिक अनुसन्धानले महिलाको आ'त्मह'त्या भन्दा पनि ह'त्या भएको हुन सक्ने आशंका छ । गर्भवती ती महिलाको घाटीमा नि'लडाम समेत देखिनुले आ'त्मह'त्या भन्दा पनि ह'त्या नै भएको हुनसक्ने प्रहरीको आकलन छ । ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यही हो भनेर भन्न सकिएला तर प्रहरीले अनुसन्धानलाई भने फराकिलो बनाएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले भने । बच्चा वेवारिसे अवस्थामा भेटिनु र महिला मृ'त अवस्थामा भेटिनुलाई यी घटना समबन्धित हुनसक्ने अनुमानसहित प्रहरीले घटनालाई एकसाथ अनुसन्धान अगाडि बढाएको छ । बच्चाहरुलाई मृ'तक महिलाको फोटो देखाउँदा ममी भनेको पनि प्रवक्ता विष्टको भनाइ छ । साना बच्चाहरूले ममी भने पनि यसैलाई पुष्ट्याइ गर्न नसकिने प्रहरीको ठहर छ ।घटनाका समबन्धमा प्रहरीको शंकाको घेरामा रहेका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान समेत भैइरहेको प्रहरीको भनाइ छ । घटना भएको तीन दिन बितिसक्दा पनि न मृ'तक महिलाको न सनाखत हुन सकेको छ न त बच्चाहरूको पहिचान नै । बच्चाहरूलाई आश्रय दिइरहेका दिनेश महतोको अनुसार उनीहरूले बुबाको नाम अजय बताइरहेका छन् । बच्चाहरू न घर ठम्याउन सक्छन् न त प्रष्ट बोल्न नै । उनीहरूलाई आधार बनाएर अनुसन्धान गर्न नसकिने स्थानीयको भनाइ छ । मृ'तक महिलाको फोटो देखाउँदा उनीहरूले मम्मी भनेको हुनाले बेवारिसे अवस्थामा छाडेका दुबै बच्चाको आमा मृ'तक महिला हुन सक्ने कतिपयको अनुमान छ । मृ'तक महिलाको शवलाई अहिले जलेश्वर अस्पतालमा पोष्मार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क