इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेक्सिकोको संसद्‌मा पनि सांसदले खोलेका थिए कपडा

[read more] काठमाडौं: स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै अर्धनग्न भएर विरोध जनाए ।

सभामुख देवराज घिमिरले आकस्मिक र विशेष समय हटाइएको जानकारी बैठकमा गराएका थिए । त्यसपछि सांसद सिंहले आफूले बोल्न पाउनुपर्ने भन्दै एक/एक गर्दै कम्मरमाथिको कपडा खोलेर विरोध जनाएका थिए ।

अमरेशले पुनः कपडा नलगाएको भए के हुन्थ्यो कारबाही ?

संसद्मा सांसदले कपडा नै खोलेर विरोध जनाएको यो नेपालमा पहिलो घटना हो । विश्वमा यसअघि पनि यस्तो घटना भएको थियो ।

सन् २०१३ मा मेक्सिकोका सांसद एन्टोनियो गार्सियाले देशको तेल उद्योगमा विदेशी लगानी खुला गर्ने कानुनसम्बन्धीको छलफलका क्रममा उनले सदनमै आफ्नो लुगा खोलेका थिए । वामपन्थी लोकतान्त्रिक क्रान्ति पार्टीका नेता गार्सियाले उक्त कानुनको विरोधमा संसद्मै लुगा खोलेका थिए ।

गार्सियाले लुगा खोल्दै भनेका थिए, “यसरी नै तपाईंहरूले राष्ट्रलाई नांगो बनाएर लुटाउँदै हुनुहुन्छ ।”

उनले तेल उद्योगमा विदेशी लगानी खुला गर्दा फाइदा नहुने बताएका थिए । “मलाई लाज लाग्दैन, तिमीले जे गर्दै छौ त्यो लज्जास्पद छ,” उनले भनेका थिए । त्यहाँ तेल उद्योगमा विदेशी लगानी स्वीकार गर्ने विधेयक पछि संसद्बाट पारित भएको थियो ।

यस्तै, क्यानडाका सांसद विलियम अमोसले कोरोनाका समयमा संसद्को ‘जुम मिटिङ’का क्रममा भिडियो ‘अन’ गरी कपडा खोलेका थिए । उक्त घटना अन्जानवश भएको भन्दै उनले माफी मागेका थिए । [/read]

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क