इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेटाको भर्चुअल संसारमा युवतीको बला'त्कार !

एजेन्सी : फेसबुकको मातृ कम्पनी मेटाको भर्चुअल संसार मेटाभर्स अर्थात् होराइजन वर्ल्डस् विवादमा तानिएको छ । वास्तवमा यो भर्चुअल संसारमा वास्तविक अनुभवको खोजी गर्ने एक युवतीले त्यहाँ एक अपरिचित व्यक्तिमाथि बला'त्कारको आरोप लगाएकी छिन् ।आफूमाथि मेटाभर्समा बला'त्कार भैरहेको बेलामा अन्य मानिसहरूले तमासा हेरेर बसिरहेको र कतिपयसँग भोडकाको बोतलसमेत रहेको उनको दाबी छ । SomeOfUS एक अन्तर्राष्ट्रिय गै'रनाफामूलक पैरवी संस्था तथा अनलाइन कम्युनिटी हो । यसले जलवायु परिवर्तन, श्रमिक अधिकार, भे'दभाव, मानवअधिकार, प'शु अधिकार, भ्र'ष्टाचार तथा कर्पोरेट सत्ता हडप्ने जस्ता मु'द्दामा कम्पनीहरुलाई जवाफदेही बनाउने अभियान चलाउँदै आएको छ । सोही संस्थाले २१ वर्षकी एक अनुसन्धानकर्ता युवतीलाई यहीँ महिनाको सुरुमा भर्चुअल संसारमा पठाएको थियो । रिपोर्ट अनुसार भर्चुअल संसारमा प्रवेश गरेको १ घण्टाभित्रै ती युवतीको अवतारमाथि यौ'न हिंसा गरियो । भर्चुअल दुनियाँमा उनको अनुभव भ्रमित गर्ने वा भड्काउने खालको रह्यो । ती युवतीका अनुसार भर्चुअल संसारमा घटनाक्रमहरू यति तीव्र गतिमा भए कि उनी एक प्रकारले त्यसबाट कसरी बाँच्ने भन्ने सोच्न बाध्य भइन् । आफ्नो मस्तिष्कको एक हि'स्साले त्यहाँ के भइरहेको छ भनेर सोध्ने गरेको र अर्को हिस्साले आफ्नो वास्तविक शरीर होइन भनेर ढुक्क गराउने गरेको उनले बताइन् । उक्त घटनाका बारेमा संस्थाले हालै एक नयाँ रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टको शीर्षक -Metaverse: another cesspool of toxic content रहेको छ । तर मेटाभर्समा आफूमाथि भर्चुअल बला'त्कार भएको ती शोधकर्ता युवतीको आरोपका विषयमा मेटा कम्पनीका प्रवक्ताले भने कम्पनीकै बचाउ गरेका छन् । ती युवतीले मेटाभर्समा रहेको पर्सनल बाउन्ड्री नामक सुरक्षा फिचर प्रयोग नगरेको हुँदा उक्त घटना भएको प्रवक्ताको भनाइ छ । उनको अनुसार पर्सनल बाउन्ड्री एक सुरक्षा उपकरण हो जुन अपरिचित व्यक्तिलाई एक मिटर टाढा राख्नका लागि प्रयोग गरिन्छ । यदि मेटाभर्समा उक्त उपकरण प्रयोग गरियो भने अपरिचित व्यक्ति आफ्नो नजिक आउन नसक्ने उनको भनाइ छ । मेटा कम्पनीको भर्चुअल संसार होराइजनमा पर्सनल बाउन्ड्रीको सुरुवाती दूरी ४ फिट रहेको छ । तर कतिपय मानिसहरूले यस्ता सेफ्टी फिचर बन्द गर्ने हुनाले भर्चुअल संसारमा दु'र्व्यवहारमा पर्ने गरेका उनले बताए । स्मरण रहोस् फेसबुकले गतवर्ष भर्चुअल रियालिटी प्लाटर्फम मेटाभर्सको घोषणा गरेको थियो । यसमा सबै चिज भर्चुअल्ली नै हुने गर्दछ । होराइजन वर्ल्डस् त्यसैकेा एक हिस्सा हो । सरल शब्दमा भन्दा यो एक भर्चुअल रियालिटी अथात् कल्पना तथा आभासको एक अमूर्त संसार हो । जहाँ तपाईं यथार्थमा नरहेको भए पनि तपाईंको भर्चुअल अवतार अर्थात् डमी उपस्थित भएको हुन्छ । मेटाभर्सको यो सेवा हाल अमेरिका र क्यानडामा उपलब्ध छ । यो भर्चुअल संसारमा १८ वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरू प्रवेश गर्न पाउँदछन् । फेसबुकका अनुसार होराइजन वर्ल्डस् मेटाभर्समा प्रवेश गर्ने सुरुवाती पाइला हो ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू फर्किएनन्

हेटौँडा । छठ पर्व मनाउन सर्लाहीस्थित घर जाने सबै तयारी पूरा भइसकेको थियो। कपडा र पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। बुधबार राति करिब १ बजे उठेर अवधेश यादवले श्रीमती पुन…

बसन्त भण्डारी

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते