इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेयर सम्पाङको अभिव्यक्ति गैरजिम्मेवार, एमाले प्रतिरक्षामा उत्रिने

काठमाडौं- नेकपा एमालेले धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै बिरोध गरेको छ। नेकपा एमालेको धरान उपमहानगर कमिटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै साउन १५ गते बराह बचत तथा ऋण सहकारी पीडितहरुले तोडफोडमा उत्रिनु गलत कार्य भए पनि धरान नगर प्रमुख हर्क सामपाङले उनीहरुले उठाएका विषयमा दिएको गैरजिम्मेवार अभिव्क्तिका कारण तोडफोडको घटना भएकोले त्यसको जिम्मेवारी स्वयं स्थानीय सरकार प्रमुखले लिनुपर्ने बताएको हो। घटनापश्चात् पनि सामाजिक सञ्जालमार्फत् पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको एमाले नगर अध्यक्ष हर्क जंग एभेङले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। विगत केही महिनादेखि बराह बचत तथा ऋण सहकारीको सन्दर्भलाई लिएर विभिन्न सामाजिक सञ्जाल, मिडियाहरु मार्फत् एमाले र एमालेको नेतृत्वमाथि अनर्गल प्रचारबाजी र नियतबस बदनाम गर्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ। बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बद्नाम गर्न खोजेको एमालेको आरोप छ। प्रमुख साम्पाङको अभिव्यक्तिले गर्दा भएको उक्त दिनको घटनामा संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई विभिन्न जातिगत आक्षेप लगाउँदै जातीय सद्भाव विथोल्न खोजेको आरोप एमालेको छ। एमालेले बराह सहकारीका सञ्चालक, सेयर सदस्यहरु कुनै न कुनै राजनीतिक दलका कार्यकर्ता, समर्थक हुनुले सिर्जना भएको आर्थिक समस्या र समाधानका लागि गरिएको संघर्षसँग कुनै पनि राजनीतिक सम्बन्ध नभएको विज्ञप्तिमा उल्लेख गरेको छ। नेपालको संविधान बमोजिम सहकारी संस्था सम्बन्धी कार्यक्षेत्र स्थानीय सरकारको भएको स्मरण गराउँदै न्याका लागि पुगेकाको समस्या पहिचान र निदानको साटो आफ्नो असक्षमता लुकाउन एमालेलाई मुछ्ने कार्य भएको भन्दै सचेत गराएको जनाएको छ। राजनीतिक दलले विभिन्न कालखण्डका गरेको राजनीतिक आन्दोलन पश्चात् प्राप्त उपलब्धिको आधारमा स्वतन्त्रताका नाराले सामपाङ सत्तामा पुगेको र बहुदलीय प्रतिस्पर्धामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक दल र दलका नेता कार्यकर्तालाई धावा बोल्ने, प्रतिशोध साध्ने र व्यवस्थानै कमजोर बनाउने दुस्साहस गर्न खोजे राजनीतिक दल प्रतिरक्षामा उत्रिन बाध्य हुने एमालेले चेतावनी दिएको छ। राजनीतिक गुण र दोषको आधारमा समर्थन र बिरोध रहने भए पनि धरानका लागि विकास र परिवर्तनको पक्षमा एमाले रहेको विज्ञप्तिमा जनाइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क