इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेयर साम्पाङले डोजर चलाउँदा स्थानीयद्वारा ढुंगामुढा

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अवैध रुपमा बनाइएका भौतिक संरचना भत्काउन डोजर चलाउन थालेका छन् । खास गरी सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरलगायत संरचना भत्काउन मेयर साम्पाङले डोजर चलाउन थालेका हुन् । महानगरपालिकाले डोजर चलाउन थालेपछि स्थानीयले पनि प्रतिकार गर्न थालेका छन् । धरान महानगरपालिका वडा नम्बर ५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी बनाइएका संरचना भत्काउने काम आइतबारबाट महानगरले सुरु गरेको थियो । महानगरको डोजरले स्थानीय मुना चौधरी लिम्बूले खोलासमेत अतिक्रमण गरेर बनाएको घर भत्काउने क्रममा स्थानीयले प्रतिकार गर्दा डोजरको केही भागको सीसा फुटेको छ । धरान ५ को खारखोला र अँधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने निर्णय गरेर महानगरले उक्त क्षेत्रमा बनाइएका संरचना हटाउन पत्राचार गरेको थियो । तर, स्थानीयले संरचना हटाउन नमानेपछि डोजर चलाइएको महानगरको भनाइ छ । स्थानीयले भने आफूहरुले वर्षोंदेखि उक्त जग्गा भोगचलन गर्दै आएकोले खोलाको सीमांकन गर्न माग गर्दै प्रतिकार गरेका हुन् । घरधनीले अन्तरिम आदेश जारी गर्न माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको भए पनि अदालतले भने अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क