इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै कार्यपालिका सदस्य नआएपछि बैठक स्थगीत

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन् ‘आज दोस्रो चोटि कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो नराख्नेहरूलाई एक ट्रक जति धन्यवाद ।’ धरानमा लगातार दुईवटा कार्यापालिका बैठक स्थगित भएको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालका अनुसार बिहीबारको कार्यपालिका बैठकमा मेयर र उपमेयरमात्र उपस्थित भएका थिए । यसअघि १७ कात्तिकमा बोलाइएको कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि स्थगित भएको थियो । दंशैंअगाडिको बैठकमा भएको विवादलाई लिएर वडाध्यक्षहरूले मेयर साम्पाङले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै आएका छन् । उक्त कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षहरुबीच लामो विवाद भएपछि बैठकमा एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क